मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

अमेरिकाको अधिवेशन छ महिना भित्र हुन्छ – आनन्द बिष्ट

अमेरिकाको अधिवेशन छ महिना भित्र हुन्छ – आनन्द बिष्ट


आनन्द बिष्टलाई नेपालमा होस या प्रबासमा सबैले चिन्ने भनेको नेपाली जनसम्पर्क समितिकै नेतृत्वकर्ता र अगुवाको रूपमा चिन्दछन् भने शाही कदम विरुद्ध हस्ताक्षर अभियान सुरु गरेर अभियानको नेतृत्व उनै आनन्दले गरेर प्रबासमा छुटै पहिचान बनाएका आनन्द विष्ट नेपाल जनसम्पर्क समिति अमेरिकाका सभापति एवं नेपाली काँग्रेसको आमन्त्रित केन्द्रीय सदस्यको रूपमा हाल क्रियाशील छन् । हालै मात्र नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले भातृसंगठनहरुलाई छ महिना भित्र अधिवेशन गराउने भन्ने पार्टीको निर्देशन गरिरेको बेला जनसम्पर्क समिति अमेरिका र अधिबेशनको सेरोफेरोमा रहेर नेपालयका लागी बिष्णु पौडेलले गरेको कुराकानी

नेपाली काग्रेस पार्टीले भातृ सगठाहरुलाई छ महिना भित्र अधिवेशन गराईसक्नु भनेआदेश दिएको छ यसमा तपाइको धारणा के छ ?

हालै सम्पन्न नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले के विदेश के स्वेदेशमा रहेका पदावदी सकीएका भातृसंगठनहरुलाई छ महिना भित्र अधिवेशन गराउने भन्ने पार्टीको जुन निर्देशन छ यो निकै स्वागत योग्य रहेको छ । पार्टीको निर्देशन अनुसार सवै भातृ संगठनहरु छ महिना भित्र अधिवेशन गराइसक्नुहुने छ भन्ने कुरामा म विश्वस्त छु र म आफै पनि जनसम्पर्क समिति अमेरिकाको सभापति भएको नाताले पनि हाम्रो पनि अवधि समाप्त भएको हुदा यो छ महिना भित्र हामीले पनि अधिवेशन गराइसक्नु पर्दछ ।

त्यसो भए जनसम्पर्क समिति अमेरिकाको चुनाव छ महिना भित्र कुनै पनि हालतमा हुन्छ ?

हामीले पार्टीको निर्देशन पर्खेर बसीराखेका थियौ अब पार्टीको निर्देशन आए पछि कुनै पनि हालतमा जन सम्पर्क समिती अमेरिकाको अधिवेशन छ महिना भित्र हुन्छ ।



जनसम्पर्क समितिको अमेरिकाभरी २७ वटा च्याप्टहरु छन् यिनीहरुको चुनाव कहिले हुन्छ ?

हालै मात्र हामीलाई प्रक्रिया थालनी गर्नु भन्ने पार्टीको परीपत्र पाएका छौ अव हामीलाई सवै कुरा खुला भयो । अव हाम्रो केन्द्रीय कार्यसमितिको बैठक बसेर निर्णय गछौ र च्याप्टहरुको अधिवेशन तिन देखी चार महिना भित्र सक्छौ ।

यतिका अवधीसम्म जनसम्पर्क समिति अमेरिकाको चुनाव नभएकै कारण विवादहरु देखिएको हो र ?

जनसम्पर्क समिती अमेरिकामा त्यती ठुलो बिवाद छ जस्तो लाग्दैन मलाई हामीका न दुईवटा समिती छन न ठुलो खालको तनावको स्थिती छ हाम्रो वैचारीक संगठन भएको कारणले संगठन भित्र मत मतान्तर भई रहन्छ त्यस कारण जनसम्पर्क समिती अमेरिकामा विवाद छ भन्ने कुरा म मान्दीन ।

अव अधिवेशन सम्पन्न भएपछि संगठन भित्र रहेका साथीहरु विचको विवादहरु पनि समाधान हुन्छ होला हैन ?

प्रजातान्त्रीक प्रक्रिया अनुसार हुन लागेको यो अधिवेशनले अवस्य पनि साथीहरु विच देखीएका विवादहरु अन्त्य हुने छ । पार्टीले अहिले सुरु गरेको द्रोस्रो चरणको जनजागरण अभियान सम्म आइपुग्दा कार्यकर्ताहरुमा देखिएको उत्साह पार्टी भित्रको समन्वय साथै दुई तिहाइको वाम सरकारले गरेको अत्याचार,लुटपाट,बलात्कार लगाएतका विभिन्न काण्डै काण्डहरुले गर्दा पनि काग्रेसका नेता कार्याकर्ताहरुमा एक भएर जानु पर्छ भन्ने सन्देश दिएको छ ।

तपाई जनसम्पर्क समिति अमेरिकाको सभापती हुदै गर्दा नेपाली काग्रेसको आमन्त्रीत्र केन्द्रीय सदस्य हुनुभयो त्यस पछि तपाइले कार्यावाहक अध्यक्ष कसैले पनि नदिनु भएको कारणले गर्दा जन सम्पर्क समिती अमेरिकामा विवाद भयो भन्ने गरीन्छ नि ?

यो कुरा पार्टीसंग समन्वय गरेर गर्नुेपर्ने भएको हुदा पार्टीले अधिवेशन गरेर छोड्नुपर्छ भनेको हुदा पार्टीको निर्देशन पालना गरेको हु यसमा म विवाद गर्नुपर्ने कुनै कारण देख्दीन ।

जनसम्पर्क समिति अमेरिकामा धेरै नेता कम कार्याकर्ता हुदा तपाइलाई काम गर्न गारो भएन ?

तपाइले भनेको कुरामा सत्यता पनि छ । हामीमा थोरै अनुशासनतामा कमि रहेको छ । तर विदेशको भुमिमा आएर आफ्नो काम गरेर संगठनमा वसेर काम गर्न पनि सारै गारो रहेको छ तर जे जस्तो भए पनि सवैसंग समन्वय गरेर जानु पर्छ भन्ने मेरो सोचाइ रहेकाले सवै साथीहरुले मेरो धारणा बुज्नु भएको छ र अव हामी सवै साथीहरु एक भएर जान्छौ ।

तपाइको कार्यकालमा कस्ता सम्मझन लायक कामहरु गर्नुभयो ?

हामील सम्मझन लायक कामहरु त धेरै नै गरेका छौ यहाँ भनेर साध्य नै छैन त्यो कुराहरु हाम्रो अधिवेशनमा अवस्य पनि आउने छ तर हामीले नेपालमा भुकम्प जादा होस या बाढीपहिरो जादा हामीले सयोग गरेका छौ । नेपालमा भएका तिन चरणका चुनावहरुमा पार्टीलाई हामीले सयोग गरेका छौ भने नेपालमा गीरीजा प्रसाद कोइरला मेमोरीयल कलेजमा दशजना विद्यार्थीहरुलाई पढायौ जुन विद्यार्थीहरु ग्राइजुट भइसकेका छन् । साथै नेपालमा विद्यालयहरु बनाउने काम, अमेरिका तथा नेपालका विभिन्न सामाजिक संस्थाहरुलाई सयोग, अमेरिका तथा नेपालमा विभिन्न समस्यामा परेका ब्यक्तीहरुलाइ सयोग गर्ने कामहरु हामीले गरेका छौ । हामीले विचमा एक डेढ वर्ष अधिवेशन कहीले हुन्छ भन्ने कारणले गर्दा हाम्रो सक्रियता कमि भएको महशुष भएको छ । तर पनि हामीले धेरै कामहरु गरेका छौ जुन कुराहरु आगामी अधिवेशनमा अवस्य नै आउने छ ।

तपाईको कार्यकालमा गर्न बाकी महत्वपुर्ण काम कुनै छ की ?

गर्न बाकी कामहरु त थुप्रै छन् तर मेरो एउटा चाहना थियो की अमेरिकाको कुनै ठाँउमा विपि कोइरलाको सालिक वनाउने धोको थियो जुन कुरा अधुरै रह्यो तर उक्त कुरा हाम्रो प्रोजेक्टमा कायम नै छ आगामी दिनमा अवस्य पुरा हुने छ । पार्टीको अव हुने चौधौ महाधिवेशनमा विदेशमा रहेका नेपालीहरुलाई महाधिवेशन परीर्वयक्षक पाउने तर प्रतिनिधि नपाउने भन्ने कुरा थियो तर मेरो क्षयमताले भ्याएसम्म साथीहरुको सयोगले मैले लविङ गरे र महाधिवेशन प्रतिनिधि हुन पाउने ब्यवस्था राख्न सफल भएको छु । 

जनसम्पर्क समिति अमेरिकाले अमेरिकाका अन्य संघ संस्थाहरुसंग त्यती राम्रो समन्वय गरेर काम गरेन भन्छन नि ?

जनसम्पर्क समिति अमेरिका यहाँको एउटा अभिभावक संस्था हो । यहाका कतिपय संस्थाहरुका आफ्नै निति तथा नियमहरु छन् हामी एउटा सिद्धान्त बोकेको संस्था भएको नाताले कतिपय संस्थाहरु हामीसंग काम गर्न डराउछन् त्यो उहांहरुको समस्या हो तर जन सम्पर्क समिती अमेरिका सवै संस्थाहरुसंग मिलेर काम गर्न चाहन्छ । जनसम्पर्क समिती अमेरिकाले पहल गरेर अमेरिका रहेका सवै संस्थाहरुलाई एक गराएर अमेरिकामा नेपाल डे परेड तिन चार चोटी भइसक्यो यसमा जन सम्पर्क समिती अमेरिकाको अहम भुमिका रहेको छ । यहाका ठुला ठुला संस्थाहरु,एनआरएन,जातीय संस्थाहरु,धार्मीक संस्थाहरु,सामाजिक संस्थाहरु सवैसंग हाम्रो राम्रो सम्वन्ध रहेको छ ।

तपाइकको कार्यकाल किन विवाद रहित हुन सकेन ?

हाम्रो पार्टीभित्र थोरै अनुशासनको कमि रहेको छ के बोल्ने के नबोल्ने कुन दायरा भित्र रहेर कुरा गर्ने भन्ने कुराको कमि रहेको कारण त्यस्तो अनुभव भएको हो । तर जन सम्पर्क समिती अमेरिकामा त्यस्तो ठुलो विवाद केही छैन । सवैसंग समन्वय गरेर नै आज यो अधिवेशन सम्म आइपुगिएको हो ।

जनसम्पर्क समिति अमेरिकाको समयमै अधिवेशन गर्न नसकेको कारण के हो ?

म निर्वाचित सभापति भएको कारणले गर्दा मेरौ दायित्व के हो भने समयमै अधिवेशन गराएर हेन्ड ओभर गर्ने मेरो सवैभन्दा ठुलो दायित्व हो । पार्टीको निर्देशन अनुसार नेपालमा भएका तिन चरणका निर्वाचनहरुमा पार्टीको निर्देशन अनुसार नेपालमा गएर पार्टीका उम्मेदवारहरुलाई सयोग गर्नुहोस भनेको कारण म स्थानिय चुनावमा तिन महिना र प्रदेश तथा संघको चुनाव तिन महिना गरी छ महिना नेपाल बसेर अमेरिका आए र अधिवेशनको डेट पनि नाघेको थिएन । तर यहां केहि साथीहरुले हिजो अधिवेशनमा जादैनौ भन्ने कुरा गरेर पार्टी नेत्रित्वलाई दवाव दिएर त्यो अधिवेशन स्थगीत गराउनुभयो । त्यसमा कसैको ब्यक्तीगत ईच्छा पुरा भयो होला संस्थालाई एक डेड वर्ष सम्म अनिर्णयको बन्दी हुनुपरो त्यो निकै दुखद कुरा हो । हाम्रो कारणले कार्यसमितिको कारणले अधिवेशन ढिला भएको हैन । हाम्रो ढीला गर्ने नियत पनि थिएन । साथै हाम्रो संस्था पार्टीको अङ्ग भएको कारणले पार्टीको निर्णय कुरेर बसेका थियौ अव अधिवेशनको वाटो खुला भएको छ मेरो कुनै साथीहरुसंग बैरभाव छैन म सम्पुर्ण साथीहरुलाई हाम्रो अधिवेशनको बातावरणमा आउन आग्रह गर्दछु ।

हालै सर्वाच्च अदालतले विदेशमा वस्ने नेपालीहरुलाई मतदानमा सहभागी हुन अधिकार दिएको छ यसलाई पार्टीहरुले तथा सरकाले पालना गरेका छैनन्

यसलाई दबाब दिन जनसम्पर्क समितिले के गर्देछ ?

अहिले हामीले ७७ वटै जिल्ला प्रशाशन कार्यालय तथा सरकारलाई दबाब दिने र सर्वाच्च अदालतले विदेशमा वस्ने नेपालीहरुलाई मतदानमा सहभागी हुन पाउने भनी सरकारलाई आदेश दिइ सकेको अवस्थामा जुन कार्वानयन भएको छैन जुन कुरा एक वर्ष भइसक्यो जुन कुरा चाडो भन्दा चाडो कार्वानयन होस भनेर सवै देशका दुतवासहरुमा ज्ञापन पत्र बुजाउने कार्यक्रम छ यहाँ अमेरिकामा पनि यो हप्ता न्युयोर्क र वांसीङटन डिसी दुवै ठाउमा ज्ञापन पत्र बुजाउने कार्यक्रम रहेको छ ।

अन्तमा जनसम्पर्क समिति अमेरिकाको अधिवेशन कुन ठाउमा हुदै छ ?

हाम्रो यो हप्ता केन्दीय कार्यसमितीको बैठक बसेर कुन कुन च्याप्टरले केन्द्रिय अधिवेशन गराउन इच्छुक हुन्छन त्यो हेरेर सवै साथीहरुलाई आउन मिल्ने ठाँउहोस त्यो सवै बातवरण बु झेर कार्यसमितीबाट छलफल गरेर निर्णय गछौँ ।