मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

भारतमा रेल दुर्घटना, ३२ जनाको मृत्यु

भारतमा रेल दुर्घटना, ३२ जनाको मृत्यु


नयाँदिल्ली । दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशमा भएको एक रेल दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ३२ पुगेको छ । सो दुर्घटनाबाट जीवितै उद्धार गर्नको लागि उद्धारकर्ताहरु रातभरी लागिपरेका छन् ।
 
आन्ध्र प्रदेश राज्यको दुर्गम जिल्ला भिजिअनागारामा अवस्थित कुनेरु रेलवे स्टेसननजिकै जगदलपुर भुवनेश्वर हिराखन्ड एक्सप्रेस दर्घटनाग्रस्त हुँदा कम्तीमा ३२ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ५० भन्दा बढी घाइते भएका अधिकारीले जनाएका छन् । सो रेल भुवनेश्वरतर्फ गइरहेको बताइएको छ । स्थानीय समयानुसार शनिबार राति ११ बजे भएको यस दुर्घटना आठ वटा डिब्बा पटरीबाट छुट्टिएर गएको बताइएको छ । 
 
 
यस घटनामा मारिने व्यक्तिको सङ्ख्या दुभाग्यवस ३२ पुगेको र घाइते भएका ५० व्यक्तिलाई नजिकैको अस्पतालहरुमा पु¥याइएको पूर्वी तटीय रेलमार्गका प्रवक्ता जेपी मिश्रले एएफपी समाचार समितिलाई बताएका छन् । 
 
यस घटनामा सामान्य घाइते भएका व्यक्तिहरु उपचारपछि घरफर्किसकेको बताइएको छ । भारतमा दुई महिनाअगाडि भएको यस्तै दुर्घटनामा परी १५० व्यक्तिको मृत्यु भएको थियो । 
 
राष्ट्रिय रेलराजमार्गका प्रवक्ता अनिल सक्सेनाका अनुसार सरकारी अकिकारी र सङ्कटकालीन कामदारले जीवितै व्यक्ति उद्धार गर्नको लागि रातभरी लागिपरेका छन् । 
 
त्यस इलाकामा सक्रिय रहेका माओवादी विद्रोहीहरु सो दुर्घटनामा हात रहेको हो कि भन्ने अनुसन्धान भइरहेको पनि सक्सेनाले जानकारी दिएका छन् । रासस/एएफपी