मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

‘बाइ अमेरिकन, हायर अमेरिकन’

‘बाइ अमेरिकन, हायर अमेरिकन’


हिमालयखवर संवाददाता
वासिंटन डीसी(अमेरिका)- अमेकिाको ४५ औं राष्ट्रिपतिका रुपमा डोनाल्ड ट्रम्पले शुक्रवारवाट पदभार ग्रहण गरे । वासिंटन डीसी स्थित क्यापिटल हिलमा आयोजित भव्य समारोहमा ट्रम्प दम्पत्तिलाई ह्वाइट हाउसमा निवर्तमान राष्ट्रपति बाराक ओबामा र मिसेलले स्वागत गरेका थिए । यस पछि उनीहरुलाई औपचारिक रुपमा स्वागत समारोहमा लगिएको थियो । सर्वोच्च अदालतका मुख्य न्यायाधिश जोन रबर्टले ट्रम्पलाई ३५ शव्दको सपथ खुवाएका थिए । त्यस अवसरमा उपराष्ट्रपति माइक पेन्सलेपनि शपथ लिए । 
 
डिसीमा सिमसिम वर्षाका बीच आयोजित शपथग्रहण कार्यक्रममा राष्ट्रपतिमा पराजित उम्मेदवार हिलारी क्लिण्डन लगायत पुर्व राष्ट्रपतिहरुको समेत उपस्थिति थियो । यो कार्यक्रमसंगै आबामाले ८ बर्ष पछि ह्वाइट हाउसलाई वाईवाई गरेका छन् । 
 
शपथपछि बोल्दै राष्ट्रपति ट्रम्पले आफ्नो आगमन शक्तीको हस्तान्तरणमात्र नभै अमेरिकी जनतालाई अधिकार समेत भएको बताए । उनले अमेरिकी सेनालाई अरु देशको सुरक्षामा खटाइएकोमा असन्तुष्टीमात्र व्यक्त गरेनन् अरु देशलाई अमेरिकाले धनी बनाइरहेको र अमेरिकाको पूर्वाधारको क्षेत्रमा भने लगानी घट्दै गएको बताए । आजको दिनदेखि प्रत्येक निर्णयहरुमा अमेरिका फस्ट हुने समेत बताए । अमेरिकाले आफ्नो पुरानो आफ्नो काम, बोर्डरलाई आफ्नोमा ल्याउने उल्लेख गरे । आफ्नो सामान्य सिद्दान्त रहेको उल्लेख गर्दै उनले भने ‘बाइ अमेरिकन, हायर अमेरिकन’ ।
 
शान्तिपुर्ण शक्ति हस्तान्तरण अमेरिकाको प्रजातन्त्रको मुख्य विशेषता हो । थुप्रै विवादस्पद अभिव्यक्ति दिएका ट्रम्पले अमेरिकाको प्रजातन्त्रिक संस्कारलाई छाडेर जान नसक्ने धेरैको विश्वास छ । सपथ ग्रहण समारोहका लागि डीसीमा उच्च सुरक्षा सर्तकता अपनाईएको थियो । सपथग्रहण समारोहमा करिव १ लाखको उपस्थिति थियो । ट्रम्पको विरोधमा डीसीमा भएको प्रर्दशनीमा झडपपनि भएको छ । गाडी र झ्यालका सिसाहरु फुटाईएको बीबीसीले जनाएको छ । 
 
सपथ ग्रहण समारोहमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिक तीनै राज्यका मुख्य अंगको सहभागिता थियो । अमेरिकाको प्रजातन्त्रमा कार्यकापिलका राष्ट्रपति, व्यवस्थपिका कांग्रेस र सिनेट र न्यायपालिका अदालत तिन राज्यसंचालनका मुख्य अंग हुन । कानुनी राज्य, प्रेस स्वतन्त्रता अमेरिकी प्रजातन्त्रका मुख्य विशेषता हुन् । यो सत्ता हस्तान्तरण समारोह लगत्तै विश्वकै शक्तिशाली देश अमेरिकामा ट्रम्प युगको उदय भएको छ । धनाढ्य व्यावसायीवाट राजनीतिकमा प्रवेश गरेका ट्रम्पसंग अमेरिकामा कुनैपनि सरकारी पदमा काम गरेको अनुभव छैन ।
 
वासिंटन डीसी बृत्तवाट टाढा वसेका डोनाल्डले तीन दशक यता ह्वाइट हाउसका कार्यहरु प्रति आलोचना गरेका थिए । ट्रम्पको जीतसँगै अनुदार राष्ट्रवादी सोचको शुरुआत भएको मानिएको थियो । बेलायत युरो क्षेत्रवाट अलग हुने निर्णय, अमेरिकामा ट्रम्पको जीतलाई विश्वमा अनुदारवाद उदाएको संकेतका रुपमा लिईएको थियो ।
 
पदभार ग्रहण गर्दा अघिका भनाई र अव औपचारिक रुपमा पदमा जाँदा डोनाल्डको भनाई र गराईमा कति फरक हुन्छ, यो चासोको विषय छ । ट्रम्पले लिने नीतिले विश्वलाईनै प्रभावित गर्छ । सेयर बजार, सुन बजार र कच्चा तेल बजार लगायत समग्र अर्थतन्त्र डोनाल्डले कस्तो नीति लिन्छन् भनेर पर्खाइमा छ । भण्डै २ वर्ष लामो चुनावी अभियानपछि ट्रम्पले बाजी मारेका हुन् । कुल मतमा हिलारी परेपनि इलेक्ट्रोल मतका आधारमा ट्रम्प राष्ट्रपति भएका हुन् । सपथ लिदां उनको परिवार संगै थिए । 
 
पुरानो सत्तारुढ पार्टी जीओपी मानिने रिपव्लिकन पार्टीको ह्वाइट हाउस मात्र होइन कांग्रेस र सिनेटमा पनि बहुमत छ ।