मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

माओवादी केन्द्रसँग तत्काल एकता सम्भव छैन : गजुरेल

माओवादी केन्द्रसँग तत्काल एकता सम्भव छैन : गजुरेल


बर्दिवास । नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेलले प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता वा कार्यगत एकता तत्काल सम्भव नभएको बताएका छन् । 
 
बिहीबार साँझ नेकपा (क्रान्तिकारी माओवादी) को मिथिला प्रदेश (ब्युरो) कमिटीले बर्दिवासमा आयोजना गरेको सङ्गठन बिस्तार तथा सुदृढीकरण र परिचालनसम्बन्धी तीनमहिने अभियानको उद्घाटन गर्दै नेता गजुरेलले प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र)ले १० वर्षे जनयुद्धका उपलब्धि संस्थागत गर्ने पहलकदमी छाडेकाले तत्काल पार्टी एकता वा कार्यगत एकताको सम्भावना नरहेको बताए ।
 
नाउँ कम्युनिष्ट पार्टी नै राखिएको भए पनि नेकपा (माओवादी केन्द्र) अब एमालेजस्तै संसदीय पार्टी बनेको नेता गजुरेलको भनाइ छ । 
 
कम्युनिष्ट पार्टी गठन र सञ्चालन एबम् सैद्धान्तिक सवालमा प्रचण्ड र एमालेमा अब केही फरक नरहेको नेता गजुरेलले बताए ।  बरु नेपाली राष्ट्रियताको सवाल र मुलुकको समृद्धिको कुरामा एमाले स्पष्ट र धारिलो देखिएको नेता गजुरेलको टिप्पणी थियो ।
 
मिथिला प्रदेशका इन्चार्ज कृष्णदेव सिंह दनुवारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सो पार्टीका केन्द्रीय सदस्य तथा जनकपुर क्षेत्रका चर्चित साहित्यकार रोशन जनकपुरीसहितका केन्द्रीय नेताले तीनमहिने सङ्गठन बिस्तार तथा सुदृढीकरण र परिचालन अभियानसम्बन्धी कार्यबिधिबारे जानकारी दिएका थिए । रासस