मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

म सन्तुष्ट छु : डा केशव पौडेल

म सन्तुष्ट छु : डा केशव पौडेल


 गैर आवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष डा. केशव पौडेलले कार्यसमितिले काम सुरु नगर्दै मुद्धा मामिला हुँदा काम गर्न केही अप्ठ्यारो आएको भए पनि आफ्नो कार्यकाल सफल भएको बताएका छन् । 
 
करिब  एक वर्ष ९ महिना एनआरएन अमेरिकाको नेतृत्वको जिम्मेवारी सम्हालेका डा पौडेलले भने एनआरएन अध्यक्ष हुँदा व्यक्तिगत रूपमा आफ्नो पर्याप्त समय र स्रोत खर्च भए असन्तुष्टी कतै नरहेको बताए । 
 
एनआरएन अमेरिकाको शनिवार पाँचौ वार्षिक साधारण सभा हुँदा एक दिन अघि हिमालयखवरसंगको अन्तवार्तामा अध्यक्ष पौडेलले भने विभिन्न असजिलोका वावजुत जे जति काम भएका छन् म यसमा सन्तुष्ट कार्यकाल सफल भएको छ । 
 
वर्तमान कार्यसमितिले सपथपनि नगर्दै अदालतमा मुद्धा पर्‍यो यो पहिलो अप्ठ्यारो थियो डा पौडेलले भने मतदान, मतगणना हुँदासम्म यसलाई स्वीकार गरेका केही साथीहरूले अमेरिका जस्तो देशमा पनि प्रजातान्त्रिक प्रक्रिया विर्सेर चुनावमा अनियमितता भयो भन्दै अदालतमा जानुभयो यसले एनआरएन अमेरिकामा देखिएको उत्साहमा पनि अवरोध आयो, छवि धमिलियो । 
 
हामीले जब कुनै नयाँ काम शुरु गर्न थाल्थ्यौं यसलाई रोक्न अदालतमा जाने प्रवृत्ति पनि देखियो डा पौडेलले भने । 
यो मुद्धा मामिलाले एनआरएनको वर्तमान कार्यसमितिको भविष्य अब के होला भन्ने पर्‍यो यसले एनआरएन अमेरिकाले लिइरहेको उचाइमा अवरोध आयो उनले भने । 
 
यो कार्यसमितिको उपलब्धि के हो ? पौडेले भन्छन् हामीले पहिले संस्थालाई एउटा स्पष्ट मार्गमा हिडाउने प्रयास गर्‍यौँ, संस्थाले के कस्ता काम गर्नुपर्ने हो क्याडेण्डर बनाएर कार्यक्षेत्रपनि निर्धारण गरियो संस्थालाई प्रक्रिया ढङ्गबाट हिडाउन मद्दत होस भनेर क्यालेण्डर बनाउनु परेको हो यो उपलब्धि हो । 
 
हामीले नेतृत्व संहाल्दै गर्दा नेपालमा महाभुकम्प गयो सहयोग गर्न नेपाल पुग्यौं, काठमाडौमा एनआरएन सचिवालय बनाउने आईसीसीलाई करिब २ करोड रुपैंया सहयोग पठायौं, नेपालमा भारतले नाकाबन्दी गर्‍यो यसको विरोधमा पनि हामीले अमेरिकामा कार्यक्रम गर्‍यौँ, नेपालीलाई टीपीएस दिलाउनपनि हामीले पहल गर्‍यौँ यस्ता कामहरू यो कार्यसमितिले गर्‍यो उनले भने । 
 
एनआरएन निकै धेरै आशा गरिएकालेपनि खै के काम भयो भन्ने प्रश्न उठ्ने गरेको डा पौडेलले बताए । एनआरएन स्थापना देखिनै निकै ठुलो आशा देखाईएको थियो डा पौडेलले भने एनआरएन यस्तो संस्था हो यस सँग सबै समस्याको जाद’को छडि छ भन्ने गलत सन्देश पनि भयो । तर, यो होइन । हाम्रा पनि थुप्रै समस्याहरू छन् ।
 
विदेशमा रहेको नेपालका कुटनीतिक नियोगले भन्दा पनि हामीले बढी दबाब खेपरिहेका छौँ तर, हामीले यो आशा अनुसार काम गर्न अहिले कठिन छ पौडेलले भने क’टनीतिक नियोग र नेपाली सम’दायको सहकार्य र सहयोगमा हामीले अझ गर्नुपर्ने थुप्रै कामहरू छन् । 
 
नेपालमा समस्या पर्दा सहयोग दिने, लगानी र नेपालको समृद्धिमा सहयोग गर्ने एनआरएनका उद्देश्य ह’न् यसबाहेक विदेशमा बस्ने नेपाली सम’दायप्रति पनि हाम्रो दायित्व छ डा पौडेलले भने विदेशमा सिकेको सिप तथा दक्षता पनि नेपालमा कसरी लैजाने भन्ने हामीले काम गर्नुपर्ने अर्को क्षेत्र हो । यसका लागि विदेशमा रहेका कुटनैतिक नियोगसँगको सहमति र सहकार्य पनि आवश्यक छ । हामीले अमेरिकामा पनि यस अन’सार काम गरिरहेका छौँ डा पौडेलले भने न्युजर्सीमा भएको एनआरएन क्षेत्रीय भेलामापनि हाम्रो दृष्टिकोण र नीतिका बारेमा छलफल भएको थियो । 
 
कार्यसमिति बैठकमा बहस भए पनि केहीलाई छाडेर केही निर्णयहरू सर्वसम्वत रूपमा भएको डा पौडेलले जानकारी दिए । एउटा सक्रिय संस्थामा बहस र छलफल हुनु सामान्य हो उनले भने । 
 
आफ’ले संस्था भनेर प’ंजीं र समय खर्च गरेकोमा क’ने पश्चाताप नभएको डा पौडेलले बताए । समाजलाई योगदान दिने चाहनाले नै मैले यो जिम्मेवारी लिएको हुँदा डा पौडेलले भने समाजलाई योगदान गर्ने चाहना थियो त्यसैले म यहाँ आएँ । 
 
पांचौ साधारण सभाका बारेमा उनले भने यो संस्थापको नियमित काम हो तर, जसलाई नेतृत्व लिने इच्छा छ उहाँहरूलाई भेटघाट चिननजान बढाउने, नेटवर्क बनाउने अवसर पनि हो ।  कम्य’निटी सेन्टर, देवघाटमा आश्रम लगायत केही काम गर्न बाँकी रहेको बताउँदै डा पौडेलले नेतृत्वमा जाने चाहने राख्ने साथीहरूलाई यो मौकाको उपयोग गर्न म आग्रह गछर्’ । 
 
म अहिले एनआरएन अमेरिकालाई नेतृत्व गरिरहेको छ’ यस ह’दां आउने नेतृत्व निमार्णका लागि मेरो सहयोग रहन्छ डा पौडेलले भने यो जिम्मेवारी हस्तान्तरण गरेर आईसीसीमा जाने चाहना पनि मेरो छ । तर, प’न यही पदमा दोहोर्याउने वा अगाडी जाने समय आएपछि आफ’ले निर्णय गर्ने उनले बताए । 
एनआरएनले नेपाली नागरिकताको निरन्तरताका लागि पहल गरेको र संविधानमा एनआरएन नागरिकताको व्यवस्था भएको बताउँदै डा पौडेलले यो कार्यान्वयन गनर्’ पर्ने बताए । विदेशमा बस्ने नेपालीलाई राजनीतिक अधिकार दिदां पनि फरक पर्दैन भन्ने पक्षमा म छ’ उनले भने एनआरएन  र सरकारले सहकार्यमा अझ धेरै काम गर्न सकिन्छ । 
 
अमेरिकामा नेपालीको धना बस्ती रहेका टेक्सस, क्यालिर्फोनिया जस्ता क्षेत्रमा सरकारले कन्सुलेट जनरलको कार्यालय राख्न म म सुझाव दिन्छु' उनले भने ।