मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

क्यान्सर अस्पताल लथालिङ्ग, उपकरण बिग्रिँदा अधिकांश सेवा ठप्प

क्यान्सर अस्पताल लथालिङ्ग, उपकरण बिग्रिँदा अधिकांश सेवा ठप्प


चितवन । चितवनको यज्ञपुरीस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका महत्त्वपूर्ण उपकरणहरू बिग्रिएपछि अधिकांश सेवा बन्द भएका छन् । यसले गर्दा बिरामीहरू चर्को समस्यामा छन् ।
 
क्यान्सर पत्ता लगाउने न्युक्लियर सेवाको गामा क्यामेरा हटल्याब मेसिन र सिटिस्क्यान बिग्रिएर थन्किएका छन् । तीन महिनाअघि चीनको सहयोगमा प्राप्त आधुनिक ‘सिटिस्क्यान’ मेसिन दुई दिनदेखि चलेको छैन । यसले गर्दा दिनहुँ २०(२५ बिरामीको सिटिस्क्यान हुँदै आएको अस्पतालको यो सेवा नै बन्द छ ।
 
 
मेसिनमा खराबी आएकाले सेवा बन्द भएको रेडियो डाइग्नोसिस एन्ड इमेजिङ एन्ड न्युक्लियर मेडिसिन विभाग प्रमुख डा। ज्ञानबहादुर श्रेष्ठले बताए । ‘मेसिनमा खराबी देखियो,’ उनले भने, ‘चिनियाँ प्राविधिकको टोली मर्मतका लागि आउन लागेको छ ।’
 
सेवा बन्द भएपछि बिरामी निजीमा जान बाध्य छन् । यस्तै बिरामीको शरीरका सबै अंगको स्क्यान गरी रोग पत्ता लगाउने न्युक्लियर मेडिसिन सेवा तीन महिनादेखि बन्द छ । क्यान्सर छरछैन र त्यसको सुरुवाती अवस्था पत्ता लगाउन गामा क्यामेरा हटलाइन मेसिनले जाँच गर्नुपर्छ । तर मेसिनमा प्रयोग हुने रेडियो आइसोटोप्स नभएर यो सेवा पनि बन्द छ ।
 
अस्पताललाई अन्तर्राष्ट्रिय संस्था इन्टरनेसनल अटोमेटिक इनर्जी ९आईईए० एजेन्सीले दस वर्षअघि गामा क्यामेरा मेसिन निस्शुल्क दिएको थियो । यसको बजार मूल्य झन्डै ८ करोड रुपैयाँभन्दा बढी पर्छ । मेडिसिन विभागका सिनियर टेक्नोलोजिस्ट जयनारायण झाले तीन महिनादेखि केमिकलको अभावमा यो मेसिन त्यत्तिकै थन्किएको बताए ।
 
त्यस्तै, रेडियो थेरापी ९सेकाई गर्ने० दुई मेसिन बिग्रिएको ८ महिना बितेको छ । चिकित्सकले जतिसक्दो चाँडो थेरापी गर्नुपर्ने बताए पनि मेसिन नभएकाले बिरामीले १ देखि ३ महिनासम्म पालो कुर्नुपर्ने अवस्था छ ।
 
अस्पतालमा चारवटा थेरापी मेसिन रहेकामा दुइटा मात्र चालु छन् । अस्पतालमा दिनहुँ पाठेघर क्यान्सर भएका १० देखि १५ महिला रोगी आउने गर्छन् । सेकाई मेसिन ९ब्राकी थेरापी० नभएकाले उनीहरू भक्तपुर जान बाध्य छन् । मुलुकभित्र यो सेवा यहाँबाहेक भक्तपुरमा मात्र छ ।
 
अस्पतालका कार्यकारी निर्देशक चीनबहादुर पुनले केही उपकरण बिग्रिएको स्वीकार गर्दै कतिपय मेसिन टेन्डरबाट केमिकल खरिद गर्नुपर्ने भएकाले तिनको अभावमा बन्द भएको बताए । ‘लागतभन्दा बढी इस्टिमेट गर्नाले पटक–पटक टेन्डर रद्द हुने समस्याले केमिकल खरिद प्रक्रिया ढिलो भएको हो,’ उनले भने, ‘चाँडै पुनस् टेन्डर गरी खरिद गर्छांै ।’ यो अस्पतालमा दैनिक ५ सयको हाराहारीमा बिरामी जाँच गराउन आउँछन् ।
 
अस्पतालमा महत्त्वपूर्ण सिडी मार्कर टेस्टअन्तर्गतका सीए १२५, सीए १९९, सीए १९३, पीएसए, बीएचईजी, एएफपी, ट्युमर मार्कर टेस्ट सिडी १ देखि ४५ सम्मका सबै सेवाहरू बन्द छन् । सेवा बन्दपछि बिरामी निजीमा महँगो तिरेर जँचाउन बाध्य छन् । केही महत्त्वपूर्ण सेकाईका लागि चिकित्सकले बिरामीलाई भक्तपुर र बाहिर पठाउँदै आएका छन् ।
 
अस्पताल दिनप्रति दिन धराशायी बन्दै गएपछि स्वास्थ्य मन्त्रालयले कार्यकारी निर्देशक पुन र अध्यक्ष प्रकाश न्यौपानेलाई स्पष्टीकरण सोधेको थियो । अस्पतालको सेवा लामो समयदेखि अस्तव्यस्त भएको गुनासोपछि स्वास्थ्य मन्त्रालयले स्थलगत अनुगमन गरी स्पष्टीकरण सोधेको हो ।
 
जनस्वास्थ्य प्रशासन, अनुगमन तथा मूल्यांकन महाशाखाका प्रमुख डा। दीपेन्द्ररमण सिंह नेतृत्वको छानबिन समितिले गत कात्तिक २८ गते बुझाएको प्रतिवेदनमा अस्पतलका चिकित्सक तथा स्वास्थ्यकर्मीले कार्यालय समयमै अन्यत्र काम गरेको, ३० करोड बेरुजु रहेको, सेवा प्रभावकारी नभएको लगायत कमीकमजोरी देखिएको उल्लेख छ ।
 
निर्देशक पुन र अध्यक्ष न्यौपाने दुवैले स्पष्टीकरणको जवाफ बुझाए पनि उनीहरू राजधानीमै छन् । उनीहरू दुवै आफ्नो बचाउका लागि शक्ति केन्द्र धाउन थालेको अस्पतालका एक कर्मचारीले बताए । कान्तिपुर दैनिकमा खबर छ ।