मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

एनआरएन अमेरिकाको उम्मेदवारी केका लागि ?

एनआरएन अमेरिकाको उम्मेदवारी केका लागि ?


गामी २०१७ मा हुने एनआरएन (अमेरिका) चुनावको उम्मेदवारीले यतिखेर सबैको ध्यान आकृष्ट पारेको छ । अमेरिकामा आफूलाई केही धन र केही जनले योग्य बनाएकाहरु आगामी जुनसम्म भैसक्ने उक्त चुनावमा होमिँदै छन् । हिजोआज बिहान बेलुकी नै यस्ता नयाँ–नयाँ उम्मेदवारको नामहरू अनलाइनमार्फत आउदै छन् । यस्ता उम्मेदवारीहरु केही योग्य छन्, केही भने लहलहैको सिकार हुने निश्चितझैँ छ । 
 
आधिकारिक तथ्याङ नभए पनि करिब ३–४ लाखको हाराहारीमा नेपालीहरू अमेरिकामा छन् । सदस्य सङ्ख्याको हिसाबले त एनआरएन अमेरिका विश्वमा एक नम्बरमा पर्छ । पछिल्लो सन २०१३–१४ को सदस्य सङ्ख्यालाई नै आधिकारिक मान्ने हो भने पनि करिब दश हजारभन्दा बढी अमेरिकाका नेपालीहरू यस संस्थासँग आवद्ध छन् । यस आधारमा केलाउदा एनआरएन अमेरिकाको भूमिका बढदै गएको निश्चितै छ । अमेरिकामा एनआरएनको महत्त्व र भूमिका क्षेत्रीयस्तर र केन्द्रीयस्तरमा पनि बढदै गएको छ । 
 
यति हुँदाहुँदै पनि अमेरिकाको एनआरएनले नेपालीहरूमाझ महत्त्वपूर्ण भूमिका खेल्न सकेको भने छैन । विगत २ वर्षको एनआरएनलाई आंकलन गर्दा पनि यो थाहा हुन्छ । अमेरिकामा जुन जनचाहना र स्प्रिडमा एनआरएन निमार्ण भएको थियो त्यसअनुसारको काम भएको छैन । 
 
आजको अमेरिकामा नेपालीहरूको बहुलता छ । गुणात्मक र संख्यात्मक हिसाब मै यहाँ नेपालीहरू दिनानुदिन बढदै छन् । यहाँ उत्कृष्ट वैज्ञानिक, शिक्षक, विद्यार्थी, वकिल, पत्रकार, कलाकारको जमातदेखि साधारण लेखपढ गर्न जान्ने नेपालका रोल्पा, रुकुमका सामान्य किसानहरू पनि छन् । यसैले यी सम्पूर्ण नेपालीहरूलाई समेटन सक्ने अमेरिकी एनआरएन आजको आवश्यकता हो । यी नेपालीहरूलाई एनआरएन अमेरिकाको महसुस गराउन खोज्नु अर्को आवश्वकता हो । तर यो २ वर्ष एनआरएन (अमेरिका) सम्पूर्ण नेपालीहरू समेटने र यो सबैको साझा बनाउने काममा नाकाम रह्यो । 
 
पछिल्लो चुनावकै कुरा गर्दा सुरुवातमा धुमधामसँग एनआरएन अमेरिकाको सदस्यता वितरण गरियो । तर चुनाव सम्पन्न भएपछि सदस्यता वितरण आवश्यक ठानिएन । अव फेरि चुनावनजिक आउँदै गर्दा सदस्यता वितरणको विगुल फुकिदै छ । चुनावमा मात्र वितरण हुने सदस्यताले के अर्थ राख्छ रु सजिलै अनुमान लगाउन सकिन्छ । नत्र संविधानतः एनआरएन हुन योग्य व्यक्तिले किन भनेको बेलामा अमेरिकी एनआरएनको सदस्यता पाउँदैन रु चुनावकै बेलामा मात्र किन सदस्यता वितरण गरिन्छ रु यसमा सबै गम्भीर हुनुपर्छ ।
 
त्यस्तै विगत केही वर्षदेखि हाम्रो देश नेपाल समस्या नै समस्यामा जकडिएको छ । यता अमेरिकामा पनि नेपालीहरूलाई त्यति सजिलो छैन । समस्या उताका पनि छन् अनि यताका पनि । एनआरएन (अमेरिका) यस्तो संस्था हो जसले दुवैतिर समस्यामा परेका नेपालीहरूलाई सम्बोधन गर्न सक्छ । समन्वयकारी भूमिका खेल्न सक्छ । तर यस विषयमा एनआरएन अमेरिका सधैँ दोधारमा देखियो । वास्तवमा नेपाल र अमेरिका दुवैतिर समस्यामा परेका नेपालीलाई हेनेै छुट्टाछुट्टै शाखा निमार्ण आजको एनआरएन अमेरिकाको आवश्यकता थियो । जसलाई विगत २ वर्षमा कसैले सम्बोधन गर्न जरुरी देखेनन् ।  
 
न्यूर्योककी प्रशा तुलाधरको पिडामा होस वा हाल वाल्टिमोर निवासी मनोज कट्टेलको पिडामा होस एनआरएन अमेरिका सहयोग गर्न चुकेको छ । अहिले पनि अमेरिकाका विभिन्न अस्पतालहरुमा भर्ना भएका आर्थिक अवस्था नाजुक भएका नेपालीहरूले एनआरएन अमेरिकाबाट संस्थागत सहयोग पाउने धेरै गारो छ । होलाकी व्यक्तिगत तबरमा संस्थाका पदाधिकारीहरुले सहयोग नगरेका भने हैनन् । अमेरिकामा अफ्ठारोमा पर्ने नेपालीलाई संस्थागत सहयोग गर्न किन अमेरिका तयार हुँदैन रु यो सबैका सामु तेर्सिएको अर्को गम्भीर प्रश्न हो ।
 
यस्तै अमेरिकाको मात्र कुरा गर्दा पनि भनिन्छ यता नेपालीका हक हितका लागि खोलिएका संस्थाहरूको सङ्ख्या ६००–७०० सयको हाराहारीमा छ । यी संस्थाहरूको मुख्य काम भनेको नेपाली हकहितकै लागि काम गर्नु हो । संख्यात्मक र गुणात्मक सदस्यताको आधारमा अमेरिकी एनआरएन यी संस्थाहरूको अग्रणी हुनपर्ने हो । राम्रो काम गर्ने संस्थाहरुलाई सहयोग गर्न पर्ने हो । उनीहरूको अभिभावक हुन पर्नै हो । 
 
एनआरएन अमेरिकाले समन्वयकारी भूमिकाद्धारा आफ्नो मातहतमा यी संस्थाहरू ल्याउन पहल गर्न सक्थ्यो । सबैलाई त्याउन नसके पनि केही भने ल्याउन सक्ने पक्का थियो तर यसपट्टि कसैले ध्यान दिएनन् । फगत केही अमेरिकाका नेपाली संस्थाहरू एनआरएन अमेरिकाभन्दा गुणात्मक काम गर्न सफल भएका छन् । नेपाली समाज टेक्सस त एउटा उदाहरणमात्र हो । आजका दिनमा एनआरएन अमेरिकाभन्दा नेपालीमाझ भिजेका–रुजेका संस्थाहरू यता प्रसस्तै छन् ।
 
र अन्त्यमा, एनआरएन अमेरिकाका यी र यावत समस्याहरुलाई मनन गर्दै सुधारको प्रयास गर्नु जरुरी छ । उम्मेदवार हुनेले पनि खाली उम्मेदवारीका लागि उम्मेदवार बन्नभन्दा यी समस्यामा केन्द्रित हुन जरुरी छ ।  प्रजातन्त्रमा उम्मेदवार बन्नु कुनै नौलो विषय नहोला तर म किन उम्मेदवार बन्दैछु ? विगतमा एनआरएन अमेरिका कहाँ चुक्यो रु र, अबको एनआरएन कस्तो हुनपर्छ ? भन्ने हेक्का सबैले राख्दा जाती होला कि !