मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

शान्ति क्षितिज पारी छ आन्दोलन अझै जारी छ…

शान्ति क्षितिज पारी छ आन्दोलन अझै जारी छ…


बुटबल । बुटवलमा जारी आन्दोलनको स्वरुप फरक भयो । सडकमा टार बालेर, तोडफोडमा उत्रेर आन्दोलन गर्ने परिपाटीलार्इ त्याग्दै प्रदर्शनकारीहरुले सडकमै नाचगान गरेर प्रदेश नम्बर पाँचलार्इ नचलाउन दबाब दिए । 
 
बुटवलको मिलनचोकमा चर्चित लोकगायक बद्री पंगेनीले समेत प्रदर्शनकारीलार्इ साथ दिए । जनताको गायकको रुपमा परिचय बनाएका बद्रीले प्रदेश नम्बर पाँच टुक्राउन पाइँदैन भन्दै आफ्ना गीतहरु प्रस्तुत गरेका थिए ।
 
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एमाले अध्यक्ष केपी ओलीलगायतका नेताहरुलार्इ जनताको भावनाअनुसार अघि बढ्न गीतबाटै सुझाव दिए ।‘अघि बढ ५ नम्बरबासी साथ दिन्छौं, माग पुरा भएपछि बल्ल विश्राम लिन्छौं, शान्ति क्षितिज पारी छ आन्दोलनत अझै जारी छ ।’ 
 
तिनाउको किनारमा बालुवा चाल्नेहरु अझै नि गणतन्त्र आको छैन है जस्ता गीत बद्रीले प्रस्तुत गरेका थिए । उनले गीत गाँउदा प्रदर्शनकारीले तालि बजएर र नाचेर साथ दिए । विच विचमा गणतन्त्र जिन्दावाद प्रदेश नम्वर पाँच टुक्राउन पाइँदैन जस्ता नारा पनि घन्किए ।
 
झट्ट हेर्दा कुनै महोत्सवको झल्को दिने उक्त आन्दोलनमा मानिसहरुको बाक्लो उपस्थिती थियो । स्वतस्फुर्तरुपमा सडकमा निस्केका प्रदर्शनकारी माझ लोक गायक दिपक गरौजा मगर, लोक गायिका रुपा घर्ति मगर, गायिका प्रिय भण्डारी हाँस्यकलाकार माइला बा र पुर्खेबाले आफ्नो प्रस्तुतिमा पाँच नम्वर प्रदेश टुक्राउने प्रस्ताव फिर्ता गर्नु पर्ने सन्देश दिए । 
 
विगत ५दिनदेखि आन्दोलनमा होमिएका बुटवलबासी नाम चलेको कलाकारले आफ्नो समर्थनमा गीत प्रस्तुत गर्दा उत्साहित भएका देखिन्थे । भैरव युवा समाजले बुटवल मिलनचोकमा नाचगान गरेर प्रदर्शन गर्दै आएको छ । 
 
सोमबारको कार्यक्रम पनि भैरव समाजले संयोजन गरेको हो । समाजका अध्यक्ष तुल बहादर अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव धनु रायमाझीले गरेका थिए । फरक तरिकारले पनि आन्दोलन गर्न सकिन्छ भन्ने उदाहरण पेश गर्दै दवाव सिर्जना गर्न आज मंगलबार पनि बिहानैदेखि यस्तै खालको कार्यक्रम भइरहेको छ । तस्बिर राजीव खनाल