मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

हरिणसँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

हरिणसँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु


गौशााला । पूर्व—पश्चिम राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको लक्ष्मिनियाँ जङ्गलमा हरिणसँग मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।
 
मृत्यु हुनेमा मोटरसाइकल चालक धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका—२४ बस्ने ३० वर्षीय रोहितकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले बताए । 
 
पूर्वबाट स ४ प २९६७ नम्बरको मोटरसाइकलमा चढी पथलैया जाँदै गरेका युवक महतोलाई लक्ष्मिनियाँ गाविस–५ स्थित जङ्गलमा हरिणले अचानक बाटो काट्दा उनको मोटरसाइकलमा ठोक्किएर उनी राजमार्गमा लडेका थिए ।
 
हरिणसँग मोटरसाइकल ठोक्किएर राजमार्गमा लडेका युवक महतोलाई दु्रतगतिमा विपरीत दिशाबाट आएको ना २ ख ८११५ नम्बरको ट्रकले किच्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक उपाध्यायले बताए । 
 
घटनापश्चात् ट्रकका चालक र ट्रकलाई इलाका प्रहरी कार्यालय बर्दिबासले नियन्त्रणमा लिएको छ । रासस