मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

प्रवासी नेपालीलाई राज्यले समान व्यबहार गर्नुपर्छ – मन्त्री भण्डारी

प्रवासी नेपालीलाई राज्यले समान व्यबहार गर्नुपर्छ – मन्त्री भण्डारी


क्यालिफोर्निया,लसएञ्जलस– बन तथा भु सरक्षण मन्त्री शंकर भण्डारीले प्रबासी नेपालीहरुलाई राज्यले सम्मानजनक व्यबहार गर्नुपर्ने र अपमान गर्ने अधिकार कसैलाई पनि नभएको धारणा ब्यक्त गरेका छन् ।

 

लसएञ्जलस स्थित 'नेपाल अमेरिका एकता समाज' को वार्षिक साधारण सभामा प्रमुख अतिथीको रुपमा अइतबार साँझ मन्तब्य राख्दै उनले प्रबासमा रहेका नेपालीहरुलाई राज्यले अपहेलना नगरेको र मुलुक छोडेर प्रबासको कर्मभुमीमा रहेका नेपालीहरुलाई आफ्नो जन्मभुमी फर्कन राज्यले उचित बातावरण तयार गर्नुपर्ने भनाइ राखे ।

 

'अहिले देशको स्थिती अत्यन्त नाजुक रहेको र प्रमुख राजनैतिक दलहरुले एकै ठाउँमा रहेर सम्बादको माध्यमबाट साझा निकास खोज्नु पर्ने  अवस्था छ,' मन्त्री भण्डारीले भने । त्यस्तै अर्का अथिति सांसद राजु थापाले अहिले देशमा एकताको खाँचो रहेको र प्रमुख तीन ठुला दलहरुले एकताको शुत्रमा बाधिएर जटिल परिस्थितीको समाधान गर्नु पर्ने कुरामा जोड दिए ।

 

नेपाल अमेरिका एकता समाजको अध्यक्ष सुर्य प्रसाईको सभापतित्वमा सम्पन्न उक्त साधारण सभामा महासचिब डोल्मा लामाले संस्थाको वार्षिक गतिबिधी समेटिएको प्रतिबेदन र कोषाध्यक्ष अन्जना बस्नेत पौडेलले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

 

कार्यक्रममा स्वागत मन्तव्य राजेन्द्र शिवाकोटीले र आजीवन सदस्यहरुको तर्फबाट सुदिप पन्तले संस्थाले आगामी दिनहरुमा गर्दै जानुपर्ने केहि बिषयहरुमा आफ्ना भनाइहरु राखेका थिए । उक्त कार्यक्रममा एकता समाजका पूर्व अध्यक्षहरु, पूर्व सल्लाहकारहरु एनआरएनका प्रतिनिधिहरु, स्थानिय संघसस्थाहरुका प्रमुख एब प्रतिनिधिहरु र एकता समाजको आजीवन एवं साधारण सदस्यहरुको उपस्थिती रहेको थियो ।