मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

विदेशमा फ्याक्टी खोल्ने अमेरिकी कम्पनीलाई वढी कर लगाइने

विदेशमा फ्याक्टी खोल्ने अमेरिकी कम्पनीलाई वढी कर लगाइने


अमेरिका – अमेरिकाका नवनियुक्त राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो आर्थिक राष्ट्रवाद अडानलाई पुष्टि गर्दै विदेशमा फ्याक्ट्री खोल्ने अमेरिकी कम्पनीलाई वढी कर लगाउने सार्वजनिक गरेका छन् । डोनाल्डले ट्वीट मार्फत विदेशमा कारखाना राखेर अमेरिकामा समान विक्री गर्नेलाई ३५ प्रतिशत कर लिने सार्वजनिक गरेका हुन् । 
 
ट्रम्पले एक पछि अर्को टवीटमा भनेका छन् अमेरिकारले करमा भारी कटौती गर्दैछ नियमहरुपनि खुकुलो वनाउने छ तर, जुन कम्पनी अमेरिका छाडेर विदेशमा कारखाना लगाउंछन र यहां समान विक्री गर्न खोज्नु गलत हो । 
 
विदेशमा कारखाना राख्ने कम्पनी जसले अमेरिकामा कार, एसी लगायत विक्री गर्न चाहन्छन् उनीहरुलाई ३५ प्रतिशत कर लाग्ने छ उनले ट्वीटमा भनेका छन् ।
 
आउने जनवरी २० तारिखवाट डोनाल्डले राष्ट्रपतिको पदभार सम्हाल्ने छन् । चुनावीको प्रारम्भिक नतिजा लगत्तै डोनाल्डले आफ्नो क्याविनेट सहयागी (मन्त्री) घोषणा गरिरहेका छन् । विदेशमन्त्रीको को वन्ने यो भने तय भईसकेको छैन । 
 
ट्रम्पको यो ३५ प्रतिशत कर लगाउने निर्णयले सस्तोमा विदेशवाट काम लिने आउटसोर्स गर्ने कम्पनीलाई पनि महंगो हुने छ । भारत, चीन लगायत कयौं देशको अर्थतन्त्र यसवाट प्रभावित हुने छ । 
डोनाल्डले एक साता यता पाकिस्तान र ताइवानका सरकारप्रमुखसंग टेलिफोन सम्पर्क गरेका थिए । ताइवानका राष्ट्रपतिसंग परम्परा तोडेर डोनाल्डले टेलिफोन सम्पर्क गरेका थिए । ताइनवान आफ्नो अभिन्न अंग भएको मान्न चीनले यस प्रति विरोध जनाएको छ । पाकिस्तानका प्रधानमन्त्रीसंगको टेलिफोन वार्ता पनि भारतका लागि चासोको विषय वनेको छ । 
 
डोनाल्डले निर्वाचन अभियानकै क्रममा आफुले फरक ढंगवाट काम गर्ने वताएका थिए । इमिग्रेशनका वारेमा पनि उनको कडा नीति छ । गैरकानुनी रुपमा वस्नेलाई फिर्ता पठाउने उनको प्रथामिकतामा छ । 
 
अमेरिकाको अर्थतन्त्र अहिले मजबुत देखिएको छ । हालै सार्वजनिक तथ्यांकले पनि वेरोजगारी दर घटेको छ । डोनाल्डको नीति कार्यान्वयन भए रोजगार अझ वढ्ने अनुमान गरिएको छ ।