मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

महिलाको यौन आनन्दका बारेमा मौनता किन ?

महिलाको यौन आनन्दका बारेमा मौनता किन ?


हिला अर्गेज्म अर्थात् यौन सम्पर्कका बेला महिलाले चरम सुख प्राप्त गर्ने कुरा । तपाईंले यस बारेमा पत्रपत्रिकाहरुमा नै लेखिएको कुरा धेरै सुन्नुभएको तथा पढ्नुभएको होला । तर यस विषयमा वैज्ञानिक छलफल भने निकै कममात्र भएका छन् । तर अब भने वैज्ञानिकहरुले चरम सुख, यसको जटिलता तथा यसको समस्यामाथि पहिलेको तुलनामा धेरै शोध अनुसन्धान गर्न सुरु गरेका छन् ।
 
यो कुरामा वैज्ञानिकहरुपनि सहमत छन् की महिलाहरु चरम सुख प्राप्तिको कुरालाई लिएर धेरै समस्या झेलिरहेका छन् । पुरुषको शरीरका विषयमा जति धेरै अध्ययन अनुसन्धान भएका छन् महिलाको शरीरमाथि त्यति अनुसन्धान हुन सकेको छैन ।
 
केल्सिटा विल्सन अमेरिकाको सनफ्रान्सिस्कोकी फेसन स्टाइलिस्ट हुन् । उनी भन्छिन्ः मलाई लाग्छ की मेरो टाँगको बीचमा केही जलिरहेको छ । चिलाएजस्तो अनुभुती भैरहेको छ । जब यौन सम्पर्क गर्छु वा टेम्पून लगाउन थाल्छु तब यस्तो लाग्छ की भित्र कुनै छुरी घुसाइरहेको छ । निकै पीडा हुन्छ । टेम्पून एक प्रकारको स्यानिटरी प्याड हो जुन रजश्वलाका बेला लगाइन्छ ।
 
केल्सिटा १२ वर्षकी हुँदा देखि यस्तो हुन थालेको रहेछ । पहिलोपटक जब उनी रजश्वला भइन् र प्याड लगाउन कोसिस गरिन् तब उनको योनीमा निकै पीडा महसुस भयो । उनले लामो समयसम्म यो पीडा भोगिन् र २० वर्षकी भएपछि मात्र डाक्टरकोमा पुगिन् ।
 
उनको समस्या सुन्दा डाक्टर पनि अचम्ममा परे । उनी पूर्ण रुपमा स्वस्थ थिइन् । मानसिक कारणले गर्दा यस्तो दुखाई महसुस भएको हुनसक्ने अड्कल काटे डाक्टरहरुले । त्यसैले कुनै थेरापिस्टकोमा जान सुझ्याए । त्यसपछि उनको उक्त समस्याको हल खोज्न थप १० वर्ष लाग्यो । यो पूरै समय यौनांगको त्यो समस्याले उनको दैनिक जीवनमा ठूलो असर पार्यो । उनको सम्बन्ध मात्र टुटेन डिप्रेसनको पनि सिकार हुनुपर्यो ।
 
क्यन् डाक्टरहरुसँग भेटिसकेपछि एकदिन वाशिंटन डिसीमा उनको भेट डाक्टर एन्ड्रयू गोल्डस्टेनसँग भयो । उनी भल्भोभेजाइनल डिसअर्डर सेन्टरका निर्देशक थिए । गेल्डस्टेनका अनुसार क्याल्सिटाको योनीको मुखमा रहेको नशा निकै संवेदनशील थियो । सामान्य भन्दा ३० गुणा धेरै । सोही कारण केही चिजले योनीमा छुँदा पनि उनलाई धेरै पीडा हुन्थ्यो, जलन हुन्थ्यो ।
 
त्यसपछि सर्जरी गरेर उनको योनीको उक्त संवेदनशील नशायुक्त छालालाई हटाएपछि मात्र उनको समस्याको समाधान भयो । पहिलोपटक उनले कुनै समस्या तथा दुखाई विना नै सेक्स सम्बन्ध कायम गर्न पाइन् । केलिस्टाको यो समस्यालाई कन्जेनिटल न्यूरोप्रोलिफेरेटिभ भेस्टिबुलोनिया भनिन्छ, जुन निकै कम महिलालाई हुने समस्या हो ।
 
मयअतयचन्यूयोर्ककी स्त्रीरोग विशेषज्ञ डाक्टर डेबरा कोअडीले जब यस विषयमा अध्ययन सुरु गरिन् तब पाइन् की पुरुष यौनांगको विषयमा हेर्ने, सुन्ने, बुझ्ने चिजहरु ठूलो संख्यामा उपलब्ध छन् । तर महिलाको यौनांगको विषयमा भने बजारमा घनघोर मौनता छ ।
 
उनले आफै पहल गरेर केही विशेषज्ञ सर्जनका साथ मिलेर एक टिम बनाइन् र अनुसन्धान सुरु गरिन् । अनुसन्धानट के पत्ता लाग्यो भने पेल्भिक स्नायु प्रणालीसँग जोडिएका समस्याहरु हरेक महिलामा फरक फरक हुन्छन् । योनी तथा भित्री यौनांगसँग जोडिएका स्नायुतन्त्र अर्थात् प्यूडेनल नर्भस सिस्टमको कुरा गर्नेहो भने यो कुनैपनि दुई महिलामा एउटै हुँदैन ।
 
प्युडेनल स्नायु महिलामा यौन चरम सुख प्रदान गर्ने काममा अहम रहन्छ । यसले यौनांगमा स्पर्श गर्दा, थिच्दा तथा यौनक्रिडा गर्दा उत्पन्न हुने आनन्द तथा आवेगलाई मस्तिष्कसम्म पूराउँछ । केअडीले अनुसन्धानमा पाइन् की महिला यौनांगका पाँच अलग अलग भाग हुन्छन् । ती हिस्सामा जो स्नायु हुन्छन् ती हरेक महिलामा फरक फरक हुन्छन् ।
 
ती पाँच हिस्सा हुन्ः क्लिटोरिस अर्थात् भगक्षेत्र, योनीको मुख, सर्भिक्स अर्थात गर्भाशय, मलद्धार क्षेत्र र पेरिनियम अर्थात् योनीमूखको बीचको क्षेत्र । कोअडी भन्छिन्,  किन कोही महिलाको भंगाकुर बढि संवेदनशील हुन्छ, कसैलाई योनीको मुख क्षेत्रमा धेरै आवेग प्राप्त हुन्छ भने कसैलाई अन्य क्षेत्रमा बढि आनन्द प्राप्त हुन्छ रु यी सबै प्रश्नको उत्तर यहीँ छ ।
 
कुनैपनि पत्रिकामा छापिने समाचारहरुले महिलाका यी अंग तथा यी सँग जोडिने संवेदनशीलताका बारेमा पूरा तथा सही जानकारी दिँदैनन् । सोही कारण जब यौन सल्लाहको कुरा आउँछ तब यावत् पत्रिकाहरु निकम्मा सावित हुन्छन् । महिलाको कामोत्तेजनासँग जोडिएको एक अर्को मिथक पनि पत्ता लगाइएको छ । अस्टिनको टेक्सास विश्वविद्यालयस्थित साइकोफिजियोलोजी प्रयोगशालामा काम गर्दागर्दै यसबारेमा पत्ता लागेको हो ।
 
त्यो कुनै आम प्रयोगशाला होइन र त्यहाँको प्रयोगको तरिका निकै भिन्न छ । जो मानिसहरु यसमा भाग लिन्छन् उनीहरुलाई बस्नका लागि सोफा छ र सामुन्नेमा ठूलो स्क्रिनवाला एक टेलिभिजनमा लगातार सेक्स गरिरहेका मानिसहरुको भिडियो चलिरहन्छ ।
 
डाक्टर सिन्डी मेस्टन छेउँकै कोठामा बसेका हुन्छन् र प्रयोगको कोठामा बसेका महिलाहरुको मुटुको धड्कन, यौनांगहरुमा रक्तप्रवाको गतिको निगरानी गरिरहेका हुन्छन् विशेष प्रविधिबाट । यसका लागि भेजाइनल फोटोप्लेथिस्मोग्राफको सहयोग लिइन्छ । यो प्याडजस्तै आकारको हुन्छ र दुइ इन्च लामो हुन्छ । यसलाई योनीभित्र हालिन्छ । यसलाई जब चलाइन्छ, यसबाट प्रकाश निस्किन्छ ।
 
प्रकाश कम हुने र तेज हुने क्रियाबाट योनीभित्रका नशाहरुको रक्तप्रवाह कम वा बढी भएको कुरा पत्ता लगाउन सकिन्छ । यसबाट ती महिला कहिले र कति कामोत्तेजना महसुस गरिरहेकी छिन् भन्ने पत्ता लगाउन यो प्रयागबाट अनौठो तथ्य पत्ता लाग्यो ।
 
शोधकर्ता सिन्डी मेस्टन भन्छन्ः आमरुपमा भनिन्छ की सेक्सभनदा पहिले आफुलाई शान्त राख्नुपर्छ । जसका लागि तपाइँले गहिरो स्वास लिने र छाड्ने गर्नुपर्छ, मनतातो पानीले नुहाउनुपर्छ, मिठो सगीत सुन्नुपर्छ । तर अनुसन्धानले यसभन्दा विपरित तथ्य पत्ता लगाएको छ ।
 
उनका अनुसार सेक्स गर्नुभन्दा पहिलो पार्टनरहरु लामो दूरी दौडिनुपर्छ वा डरलाग्दो फिल्म हेर्नुपर्छ । कमेडी फिल्म वा टिभी शो को मज्जा लिनुपर्छ । उनका अनुसार यदि सेक्स पहिले महिलाहरुको पेल्भिक नर्भस सिस्टमलाई सक्रिय बनाइयो भने सेक्सका दौरान महिलाको चरमसुख छिटो प्राप्त हुन्छ र चरमआनन्दको गहनता पनि बढि हुन्छ ।
 
एन्ड्रयू गोल्डस्टेनका अनुसार उनलाई किशोरावस्थामा सिकाइएका र जानेका कुरा सबै गलत रहेछन् । उनी भन्छन् ः म स्त्री रोग तथा प्रसूति विभागमा २० हजार घण्टासम्म बसेँ, ४५ मिनेटको प्रवचन सुनेँ । तर त्यो ४५ मिनेटमा जे भनियो त्यो पूर्णरुपमा गलत थियो ।
 
एनका अनुसार महिलाहरुको यौन समस्यालाई पुरुषहरुको समस्याको तुलनामा कम महत्व दिइन्छ । जुन पूर्णरुपमा दोहोरो चरित्र हो । पुरुषमा उत्तेजना सम्बन्धी समस्या तथा यौनरोग तथा यौन समस्या हुन्छन् भन्ने कुरा व्यापक रुपमा स्विकार गरिन्छ तर यस्तै समस्या महिलामा हुँदा महिलाले लान्छना बेहोर्नुपर्छ । महिलालाई दिमागी समस्या भएको आरोप लगाइन्छ ।
 
शोधकर्ता मेटसनका अनुसार महिलाको कामोत्तेजनाका विषयमा अनुसन्धान गर्ने रकम जुटाउन पनि निकै समस्या पर्छ । महिलाको चरम सुखको विषयमा समाजलाई कुनै परवाह नै छैन । यस विषयमा चिकित्सकीय शोध गर्ने सम्बन्धमा विपरित माहोल छ ।
 
उनका अनुसार यदि तपाइँ वैवाहिक जिवनभित्र यौन सन्तुष्टिको कुरा गर्नुहुन्छ भने ठीक छ । तर यदि तपाइँ महिलाहरुको यौन सुख तथा कामोत्तेजनाको कुरा गर्नुहुन्छ भने तपाइँलाई यस विषयमा अनुसन्धान गर्न कसैले पनि आर्थिक सहयोग गर्दैन । एकपटक उनलाई कतै प्रवचन दिन निम्तो आएछ । तर जब उनले प्रवचन दिने विषय महिलाको यौनिकता, महिलालाई प्राप्त हुने यौन सुख रहेको कुरा थाहा भयो तब आयोजकले उनलाई दिएको निम्तो नै फिर्ता गरे ।
 
केलिस्टा विल्सन आफ्नो समस्याका बारेमा बताउँदै सोध्छिन्, हामी सबै यहीँ योनीबाट जन्म लिन्छौँ । तर किन कोहीपनि यसको बारेमा कुरा गर्न चाहँदैन ? -बीबीसीको सहयोगमा