मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

न्यूजील्यान्डका प्रधानमन्त्रीको अप्रत्याशित राजीनामा

न्यूजील्यान्डका प्रधानमन्त्रीको अप्रत्याशित राजीनामा


वेलिङ्गटन । न्यूजील्यान्डका प्रधानमन्त्री जोन किले सोमबार आफ्नो पदबाट अप्रत्याशित रुपमा राजीनामा दिएका छन् । विगत आठ वर्षदेखि सफलतापूर्वक पदभार सम्हाल्दै आइ न्यूजील्यान्डमा प्रधानमन्त्री जोन कि ले लोकप्रियता कमाएका थिए । 
 
अत्यन्त भावुक भई थरथराएको आवाजमा प्रधानमन्त्रीले आफ्नो राजीनामाको घोषणा गर्दा सम्पूर्णमूलुक स्तब्ध भएको थियो । आगामी वर्ष न्यूजील्यान्डमा हुन गइरहेको आम निर्वाचनमा वर्तमान प्रधानमन्त्री जोन फेरि चाँथोपटक पनि उठ्ने अड्कल धेरैजसो राजनीतिज्ञ तथा आमजनताले गरेका थिए । तर यस जनभावना विपरीत प्रधानमन्त्रीको राजीनामाको घोषणाले आमजनतालाई अचम्मित तुल्याएको छ । 
 
आफ्नो आठवर्षे कार्यकालमा पारिवारिक सुख शान्तिको कुनै चिन्ता नै नगरी राष्ट्रका निम्ति निरन्तर योगदान पु¥याएको, सबै जनताप्रति समर्पित रहेको, कहिले पनि बदनाम हुनु नपरेको, जनतामाझ लोकप्रियता कमाएको र न्यूजील्यान्डको राजनीतिक शिखरमा पुगेको परिप्रेक्षमा सबैले वाहवाह गरिरहेकै बखत पदत्याग गर्नु उत्तम र उचित लागेरै राजीनामा दिएको भन्ने प्रधानमन्त्री जोनको कथन छ ।
 
प्रधानमन्त्री जोनको दल– नेसनल पार्टीको केन्द्रीय भेला आगामी डिसेम्बर १२ का दिन आयोजना गरिएको छ । सो भेलाले पार्टीका नयाँ प्रमुख र प्रधानमन्त्रीको उम्मेदवारको पनि चयन गर्नेछ । सोही दिन न्यूजील्यान्डका राष्ट्रप्रमुख गभर्नर जनरल समक्ष औपचारिक राजीनामा पेस गर्ने आफ्नो कार्यक्रम रहेको प्रधानमन्त्री जोनले खुलासा गरे । एपी