मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु


चितवन । पूर्वी चितवनको जयमङ्गलामा ट्रकको ठक्करबाट आएतबार बिहान पैदलयात्री स्थानीयवासी ५० वर्षीय राजकुमार परियारको निधन भएको छ ।
 
रत्ननगर–११ जयमङ्गलवाबाट टाँडीतर्फ आउँदै गरेको ना२ख ४९७१ नंको ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 
 
ठक्कर दिने ट्रक र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय टाँडीले नियन्त्रणमा लिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइँदै गरेको बताइएको छ ।