मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

संविधान संशोधन प्रस्तावविरुद्ध विरोध प्रदर्शन

संविधान संशोधन प्रस्तावविरुद्ध विरोध प्रदर्शन


काठमाडौँ । संयुक्त युवा तथा विद्यार्थी मोर्चाले संविधान संशोधनको प्रस्ताव छिटो फिर्ता लिन माग गर्दै आइतबार काठमाडौँ उपत्यकाका सरकारी क्याम्पसअगाडि विरोध प्रदर्शन गरेका छन् ।
 
मोर्चाले उक्त प्रस्ताव मुलुकको हितमा नरहेकाले त्यसलाई फिर्ता लिन सरकारलाई दबाब दिने उद्देश्यले क्याम्पस क्षेत्र वरपरका सडकमा चक्काजाम, विरोध प्रदर्शन तथा सभा समेत ग¥यो ।  
 
मोर्चामा संविधान संशोधनको प्रक्रियामा असहमत नेकपा (एमाले), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेमकिपा तथा नेकपा (माओवादी) निकट युवा एवं विद्यार्थी सङ्गठन आबद्ध छन् ।
 
सरकारले  प्रस्तावित प्रदेश नं ५ का पहाडी जिल्ला प्रदेश नं ४ मा समायोजन गर्ने प्रस्ताव गरेको छ  । प्रदेश नं ५ का स्थानीय राजनीतिक दल, सत्तारुढ दलका नेता तथा जनताले समेत सो क्षेत्रलाई नटुक्र्याउन माग गरी विभिन्न स्थानमा विरोध गर्दै आएका छन् ।
 
अनेरास्ववियुका सचिव आरसी लामिछानेले सो प्रस्तावले सदियाँैदेखि मिलेर बसेका पहाड र तराईका जनताबीचको एकतामा नकारात्मक प्रभाव पर्ने बताउँदै सबै नागरिकलाई राष्ट्रियताका निम्ति एकजुट हुन आग्रह गरे । 
 
उनका अनुसार संविधान संशोधनको प्रस्तावविरुद्ध रहेको मोर्चाले आइतबार अपराह्न नागरिक समाज, पत्रकार तथा बुद्धिजीवीसँग छलफल गर्ने कार्यक्रम छ । रासस