मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ड्यालसमा स्थापना भयो रोका ल फर्म

ड्यालसमा स्थापना भयो रोका ल फर्म


ड्यालस (टेक्सस), अमेरिका– नेपाली समुदायले आफ्नै भाषामा अब ड्यालसमा कानुनी परामर्श पाउने भएका छन्।
 
केही वर्षदेखि न्यूयोर्कमा स्थापित कानुन व्यबसायी विनोद रोकाले आफ्नो शाखा शनिबारदेखि ड्यालसमा पनि स्थापना गरेका छन्। ‘यहाँ (ड्यालस) बाट हामी सबै प्रकारका कानुनी सेवा प्रदान गर्छौ’ रोकाले भने।
 
रोका अध्यागममन (इमिग्रेसन) को क्षेत्रमा स्थापित कानुन व्यबसायी हुन्। उनले नेपालीका अतिरिक्त बिभिन्न देशका नागरिकलाई कानुनी परामर्श र सेवा दिइरहेका छन्। उनी अमेरिकाभरि कानुन व्यबसाय गर्न पाउने इजाजतप्राप्त नेपालीमुलका कानुन व्यबसायी पनि हुन्।
 
अमेरिकी भिसा, वर्क परमिट, ग्रीनकार्ड, नागरिकता, एसाइलम, डिपोर्टेसन प्रतिरक्षा लगायतका सेवाहरु ड्यालस शाखाबाट प्रदान गरिने उनले बताए। रोकाले स्थानीय अमेरिकी अधिवक्ता डेबिट विल्सनलाई ड्यालस शाखाको जिम्मेवारी दिएका छन्।
 
 
शनिबार नेपाली समाज टेक्ससले आयोजना गरेको कार्यक्रममा रोकाले टिपिएस सुविधा, अमेरिकामा परिवर्तीत राजनीतिक अवस्थाबाट नेपालीलाई पर्नसक्ने संभावित असरका बारेमा समेत चर्चा गरेका थिए। उनले अवैध रुपमा बसोबास गर्दै आएका र गैरकानुनी कार्यमा संलग्न बाहेक अरुले डराउनुपर्ने अवस्था नरहेको उल्लेख गरे।
 
‘निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पका अभिव्यक्तिमा पहिले र अहिले धेरैनै फेरवदल आइसकेको हुँदा कानुनी रुपमा बसोबास गरिरहेका नेपालीलाई कुनै असर पर्ने देखिदैन,’ उनले भने। 
 
कार्यक्रममा नेपाली समाज टेक्ससका अध्यक्ष कृष्ण लामिछानेले लामो समयको प्रयासपछि ड्यालसमा नेपाली कानुन व्यबसायीले ‘ल फर्म’ सञ्चालनमा ल्याएकोमा खुशी व्यक्त गरे। ‘नेपाली समाजका सदस्यहरुलाई सजिलो र सस्तो रुपमा आफ्नै भाषामा कानुनी सेवा लिन अब सजिलो भएको छ,’ लामिछानेले भने। 
 
त्यस अवसरमा नेपालका सांसद बीरबहादुर बलायर, एचएनडिपीका देबी आचार्य, कानुन व्यबसायी डेबिड विल्सन समेतले नयाँ स्थापित ल फर्म र त्यसले नेपाली समुदलायलाई पुग्ने सहयोगमा बारेमा चर्चा गरेका थिए। 
 
कार्यक्रममा रोकाले नेपाली समुदायद्वारा राखिएका अध्यागमन, टिपिएस लगायत बिभिन्न जिज्ञासाको जवाफ समेत दिएका थिए।