मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अनेसासको कोलोराडो च्याप्टर बिस्तार

अनेसासको कोलोराडो च्याप्टर बिस्तार


कोलोराडो, अमेरिका। अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको नव निर्वाचित कार्यसमितीको पहिलो बैठकले ६ जनालाई कार्यसमिती सदस्यमा र ६ जनालाई सल्लाहकार समितीमा मनोनित गरेको छ। 
 
अध्यक्ष कृष्णमुरारी ढुङ्गेलको अध्यक्षतामा शनिबार भएको बैठकले श्याम श्रेष्ठ, यसोदा भट्ट, ज्ञानेन्द्र काफ्ले, पल्लवी भुषाल, धन पौडेल, शान्ती बर्मालाई सदस्य पदमा मनोनित गरेको छ। त्यस्तै डा.विजयराज शर्मा, ज्ञानेन्द्र गदाल, नविन दत्त, सुरेन्द्र श्रेष्ठ, नातिबाबु भट्ट, कुमारजंग कार्कीलाई सल्लाहकार समितीमा मनोनित गरेको हो।
 
हालै सम्पन्न अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको निर्वाचनमा अध्यक्ष , उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा क्रमश कृष्णमुरारी ढुङ्गेल, मिना पौडेल, गौतमसागर राई, दामोदर लुईटेल र रमेश कोईराला निर्बिरोध निर्वाचित भईसकेका भएका थिए। संस्थाको विधान अनुसार ९ देखी ११ जना सम्मको कार्यसमिती रहने हुनाले निर्वाचन क्रममा सदस्य पदमा कसैको निवेदन नपरेको कारण शनिबार मनोनित गरि कार्य समितीलाई पूर्णता दिईएको अध्यक्ष ढुङ्गेलले बताएका छन्। 
 
मानिस जहाँ जसरी रहेपनि नेपाल र नेपालीको भाषा संस्कृती जोगाई राख्नु पर्दछ भन्ने उद्धेश्य लिई “भाषा चाहिन्छ भेष चाहिन्छ, शीर उठाई बाँच्न आफ्नो देश चाहिन्छ” भन्ने मुल मन्त्रका साथ विश्वको ७३ देशमा शाखा र सयौं च्याप्टरमा फैलिएको अन्तराष्ट्रिय नेपाली साहित्य समाज अन्तर्गत कोलोराडो च्याप्टरको आयोजनामा प्रत्येक महिना कवि गोष्ठीको आयोजना हुने गर्दछ।