मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

चुनावको ६ महिना बाँकी हुँदै एनआरएन अमेरिकामा नेतृत्वका लागि सरगर्मी

चुनावको ६ महिना बाँकी हुँदै एनआरएन अमेरिकामा नेतृत्वका लागि सरगर्मी


टेक्सस (अमेरिका)गैर आवासिय नेपाली संघ (एनआरएन) अमेरिकाको सदस्यता अभियान सुरु नहुँदै नेतृत्वका लागि चुनावी सरगर्मी वढ्न थालेको छ। 
 
नेतृत्वका उम्मेदवारले छलफल परामर्श, प्रचार थालेका छन्। अध्यक्षका लागि अहिलेनै पाँचजना आकांक्षी अभियानमा जुटेका छन्। अध्यक्ष मात्र होइन अन्य पदमा जान चाहनेले समेत सामाजिक संजालमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। 
 
एनआरएन अमेरिकाको नयाँ नेतृत्वका लागि झण्डै ६ महिना पछि आउँदो मे को अन्तिम अथवा जुन महिलाको पहिलो सातातिर निर्वाचन गर्ने तयारी भईरहेको छ। 
 
अहिलेसम्म अध्यक्षका लागि औपचारिक र अनौपचारिक रुपमा टेक्सासका गौरी जोशी, मेरिल्याण्डका रविना थापा, न्यूयोर्कका टेम्वा शेर्पा लगायतका नाम अगाडी आएको छ। यसवाहेक वर्तमान उपाध्यक्षहरु पनि सल्लाह परामर्शमा छन्। रविना अहिले एनआरएन अमेरिकाको कार्यसमितिमा उपाध्यक्ष छिन् । जोशी सल्लाहकार हुन्। उता टेक्ससका राम सी. पोखरेल पनि अध्यक्ष पदमा उम्मेदवारीका लागि सदस्यहरुसँग भित्री रुपमा सरसल्लाह गरिरहेका छन्। उनलाइ वर्तमान कार्यसमितिबाटै उम्मेदवार हुन प्रेरित गरिरहेको अवस्था छ । 
 
गाैरी जोशीले यस अघि कार्यसमितिमा रहेर काम गरेका थिए। टेम्वा एनआरएन न्यूयोर्क च्याप्टरका हुन्। वर्तमान अध्यक्ष डा. केशव पौडेलले आफु पुन उम्मेदवार हुने वा नहुने बारेमा अहिलेसम्म केही बताएका छैनन्। पुन अध्यक्ष नभए एनआरएन अन्तराष्ट्रिय सम्वन्य परिषदमा महत्वपुर्ण पदमा जाने चाहना अनौपचारिक रुपमा डा. पौडेलले राख्दै आएको उनका निकटहरु बताउँछन्।
 
एनआरएन अमेरिकामा यस अघि १० हजार भन्दा वढी सदस्य थिए। अहिले यो संख्या १५ हजार भन्दा माथि जाने अनुमान छ। तर, सदस्यता अभियान भने शुरु भएको छैन। नविकरणको व्यवस्था नभएकाले सवैले पुनः सदस्यताका लागि निवेदन दिनु पर्छ। 
 
विश्वका ७४ देशमा संगठन विस्तार भएको एनआरएन अमेरिका सवैभन्दा वढी सदस्य रहेकेा देश हो। तर, केन्द्रमा एनआरएन अमेरिकाको अहिलेसम्म प्रभावकारी भुमिका छैन। 
 
एनआरएन अमेरिका नेतृत्वमा किन धेरैको चासो वढ्यो? यो चुनौतीपुर्ण पद भएपनि सम्पर्क र संजाल विस्तार गर्न भने सघाउंछ। नेतृत्वमा जानेले पाउने सम्मान र फाइदा त्यही हो। तर, आलोचना पनि त्यत्तिकै खेप्नुपर्ने हुन्छ। चुनावमा आश्वासन दिए अनुसार काम नहुँदा आलोचनाको मार पनि सहनु पर्छ। विगतलाई हेर्दा यो पद खर्चिलो पनि बन्दै गएको छ।
 
निर्वाचन जित्न विभिन्न राज्यमा पुग्नेपर्ने बाध्यता हुन्छ। नेतृत्व लिएपछि पर्याप्त समय दिनुपर्ने हुन्छ। एनआरएन अमेरिका संस्थागत भईनसकेकाले काम गर्न सजिलो छैन।
 
एनआरएन अमेरिका प्रति केही समय यता चासो वढेको छ । यहाँ बस्ने समुदायले एनआरएन अमेरिकावाट आफुलाई के फाइदा भयो भन्ने प्रश्न पनि गर्न थालेका छन्। 
 
वर्तमान कार्यसमितिले न्यूओर्कमा नेपाल कम्युनिटी सेन्टर खोल्ने लगायतका काम अघि बढाएको थियो। यो कार्य प्रकृयामै छ। अन्य क्षेत्रमा बस्ने नेपालीले पनि एनआरएनबाट आफ्नो हित कसरी हुन्छ यो मूल्यांकन गर्न थालेका छन्। यस हिसावले पनि आउने नेतृत्वले केही ठोस योजना सहित आउनु पर्ने हुन्छ। 
 
नेतृत्वका लागि चाहना राख्ने वढेकाले निर्वाचनलाई कसरी स्वथ्य, स्वच्छ र पारदर्शी वनाउने यो अहिलेको मुख्य चुनौती हो। यस अघि पनि अध्यक्षका लागि मैदानमा आधा दर्जन उम्मेदवार थिए। एकजनाले जिते हार्ने पक्ष अदालतमा गए। 
 
जो निर्वाचनमा पराजित भएका थिए उनीहरु कहीकतै सकृय भएको देखिएन। यसलाई स्वथ्य मान्न सकिदैंन। न यो प्रजातान्त्रिक प्रकृयाको मर्म अनुसार नै भयो। हार्ने पक्षले निर्वाचनमा धाँधली भएको, सदस्यता वनाउँदा प्रकृया मिचिएको जस्ता आरोप लगाएका छन्। यही विवाद अमेरिकाको अदालतमा पुगेको हो। 
 
नेपाली समुदायले आफ्नो विवाद अदालतसम्म पुगोस भन्ने चाहेको थिएन। यो नमिठो इतिहास दोहोर्याधउन दिनु हुदैंन। निर्वाचन स्वच्छ र पारदर्शी हुनु पर्छ। यही अनुसार वर्तमान कार्यसमितिले सदश्यता वितरण गर्नु पर्छ। वर्तमान नेतृत्वले प्रथामिकता दिनु पर्ने अहिलेका लागि यिनै विषयहरु रहेको सदस्यहरुले बताएका छन्। 
 
नेतृत्व दिन चाहने उम्मेदवारले सकेसम्म धेरैकेा समर्थन र सहयोग चाहनु स्वभाविक हो। तर, यो मर्यादित हुनुपर्छ। नेतृत्वमा जानकै लागि शर्तहरु स्विकार्नु सही हुदैंन। यहां नेपालको राजनीतिक पार्टीका समर्थकहरुले पनि एनआरएन अमेरिकालाई सवैको साझा संस्था वनाउन सहयोग गर्नु पर्छ। यसका लागि राजनीतिक स्वार्थवाट माथि उठ्न सक्नु पर्छ।
 
 नेतृत्वमा जाने चाहना राख्नु सकरात्मक हो तर, मर्यादित हुनुपर्छ। नेपाली समुदायको चाहना पनि यही हो।