मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

अमेरिकामा नेपाली क्रिकेट टोलीको शानदार विजय

अमेरिकामा नेपाली क्रिकेट टोलीको शानदार विजय


ह्युस्टन, टेक्सास । टु एक्स क्रिकेट यूएसए कप- २०१६  नेपाली राइनोजले  जितेको छ। आइतबार ह्युस्टनको मोसा खेल मैदानमा भएको फाइनल खेलमा  नेपाली टीमले ह्युस्टन इस्पार्क्सलाई ५४ रनले पराजित गर्यो । 

 

गत नोभेम्बर ९ देखि शुरु भएको यो प्रतियोगितामा नेपाली टीमले खेलेको  पाँचवटै खेलमा  शानदार विजय प्राप्त गर्यो । प्रतियोगितामा भारत, पाकिस्तान, इङल्याण्ड, अमेरिका, क्यानडा लगायतका क्रिकेट खेलाडीहरु सहभागी थिए ।  नेपाली राइनोजमा नेपालका राष्ट्रिय क्रिकेट टीमका खेलाडीहरु छन् । यहाँ आज सम्पन्न भएको टुएक्स क्रिकेट यूएसए कप प्रतियोगितामा नेपालबाट आठजना राष्ट्रिय खेलाडी सहभागी थिए । 

पाँचवटै खेलमा उत्क्रिष्ट प्रदर्शन गरेको नेपाली राइनोजको कप्तानी पारस खड्काले गरेका छन् । खड्का नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान हुन् । 

 

मोसा खेल मैदानमा आफ्ना खेलाडीहरुलाई हौसला दिन नेपाली राष्ट्रिय झन्डा बोकेर यहाँका नेपालीहरु पुगेका थिए । नेपाली टीमको जीत संगै त्यहाँ उपस्थित नेपालीहरुले निक्कैबेरसम्म खुशी मनाईरहे ।

 

खेलाडीको सम्मान 

 

नेप्लिज एशोसिएसन अफ ह्युस्टनले टुएक्स क्रिकेट यूएसए कप प्रतियोगितामा सहभागी हुन ह्युस्टन आएका नेपाली खेलाडीहरुको सम्मानमा गत शुक्रवार 'मिट एण्ड ग्रिट' कार्यक्रमको आयोजना गर्यो । नेपाली राइनोज क्लबको तर्फबाट खेलमा भाग लिन आउने खेलाडीहरुको नेतॢत्व पारस खड्काले गरेका थिए । 

 

विभिन्न अभाव र अप्ठ्याराहरुका बाबजूद पनि स्वदेश र विदेशमा रहेका खेलप्रेमी नेपालीहरुको माया र समर्थनले गर्दा क्रिकेटमा उल्लेखनीय सफलता प्राप्त भैरहेको कुरा कप्तान पारस खड्काले सो कार्यक्रममा बताए । 

 

एशोसिएसनका अध्यक्ष ज्योति घिमिरेको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा विजय बोखिम , राकेश कर्ण लगायतले बोलेका थिए । एशोसिएसनको तर्फबाट खेलाडीहरुलाई उपहार प्रदान गरिएको थियो । उक्त मिट एण्ड ग्रिट कार्यक्रमबाट ऊठेको रकम क्रिकेट खेलाडी सहयोग एवम् राहत कोषमा प्रदान गरिने भएको छ ।