मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

‘लोकमानको अत्याचारले सीमा नाघेको थियो’ नेता रिजाल

‘लोकमानको अत्याचारले सीमा नाघेको थियो’ नेता रिजाल


लंग अइल्याण्ड (अमेरिका) । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले लोकमान सिंह हटाउने प्रकृयामा नेपालि कांग्रेस आफैँ अग्रसर हुने बताएका छन् ।
 
दुइसातादेखि अमेरिका भ्रमणमा रहनुभएका रिजालले नेपाली जनसम्पर्क समिति लंग अइल्याण्डले अयोजना गरेको कार्यक्रममा लोकमानको अन्याय, अत्याचारले सीमा नाघेको बताए । 
 
'म नै ठूलो हुँ' भन्ने प्रवृति लामो समय नटिक्ने बताउँदै रिजालले उनको विषयमा नेपाली कांग्रेसका सांसदले कुरा उठाउँदा मौन बस्ने र हाल सर्वोच्च अदालतले लोकमान लाई निचोरेर गलाई रहेको अवस्थामा संसदमा विषय प्रवेस गराउनु एमाले र माओवादि को बेइमानी भएको अरोप उनले लगाए ।  
 
अमेरिकामा देखिएको जनसम्पर्क समितिको विवाद सम्वनधमा भनाई राख्दै नेता रिजालले कुनै पनि नेता वा नेतृत्व सर्वमान्य, सर्वस्वीकृत हुन नसक्ने भएकोले प्रकृयागत र विधि विधान अनुसार निर्वाचित नेतृत्वलाई सबैले मान्नु पर्ने र नेतृत्वले पनि सवैलाई मिलाएर लैजानु पर्ने बताउनु भयो । 
 
नेपाली जनसंपर्क समिति अइल्याण्ड न्युयोर्कका चाप्टरका सभापति विश्वराज वास्तोलाको सभापतित्वमा संचालन भएको कार्यक्रममा नेपाली जनसंपर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले संगठन भित्र काम गर्दा केहि समस्या हरु आउनु स्वभाविक भएको र सवै समस्या विधान सम्मत रुपमा आपसी सहमति र समन्वयमा गरिने बताउनुभयो । 
 
उक्त कार्यक्रममा संगठन विभाग प्रमुख तथा महासमिति सदस्य वेदप्रसाद खरेल, केन्द्रिय सदस्यहरू पिताम्बर भुसाल र परमानन्द खनाल, सल्लाहकार हरिनारायण सापकोटा, नेपाली जनसंपर्क समिति पोर्चुगलका उपसभापति तिलक गैह्रे, रिजउड नेपालि समाजका अध्यक्ष रविकिरण कोइराला, लंगआईलेण्ड च्याप्टरका कोषाध्यक्ष शिव बानिया, सदस्य तिलक खड्का लगायतले समसामयिक विषयमा आफ्नो धारणा राख्नु भएको थियो ।