मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

दैनिक करिब ४७ हजार बालिका कम उमेरमा बिहे गर्न बाध्य

दैनिक करिब ४७ हजार बालिका कम उमेरमा बिहे गर्न बाध्य


लण्डन । विश्वमा हरेक दिन ४७ हजार सात सय बालिका बिबाहको योग्य उमेरभन्दा घेरै कम उमेरमा विबाह गर्न बाध्य हुनेगरेका ‘युनाइटेड नेसनस पपुलेसन फन्ड’ (युएनएफपीए)ले गरेको अनुसन्धानबाट थाहा भएको छ । 
 
बालिकाहरुको स्वास्थ्य र यौन शिक्षामा सुधार ल्याएका विकास विकशसील अर्थव्यवस्था रहेका मुलुकका लागि सयुक्त राष्ट्रसङ्घको जनसङ्ख्या कोष (युएनएफपिए)ले २१ अर्ब अमेरिकी डलरको सहयोग गर्ने भएको छ । 
 
युएनएफपीएले बालिकाको जीवनस्तर सुधारका लागि सो रकम दिने भएको हो । विकासशील मुलुकमा केटाहरुको तुलनामा थोरै केटीहरुले मात्रै उच्च शिक्षा हासिल गरेको सो संस्थाले जनाएको छ ।
 
बालिकाहरुले विशेषगरी बालविवाह, बालश्रम तथा लैङ्गिक विभेदका कारण आफ्नो युवा अवस्थाका सुनौलो अवसरहरु गुमाइरहेका लन्डनस्थित भएको युएनएफपिएको कार्यक्रमले निश्कर्ष निकालेको छ । सही नीति र संस्थाको विकासले विकासशील मुलुकको अर्थव्यवस्थामा सुधार हुने युएनएफपीएको विश्वास छ । 
 
अरब मुलुकहरुका थोरै बालिका माध्यमिक शिक्षाका लागि भर्ना हुने गरेको र अफ्रिकी मुलुकमा १० वर्ष मुनिका ७० प्रतिशत बालिका शिक्षाबाट वञ्चित भएको अनुसन्धानले देखाएको छ । 
 
सो मुलुकमा छदेखि ११ वर्षसम्मका एक करोड ६० लाख बालिकाले विद्यालय जान सुरुनै गरेका छैनन् । विकासशील मुलुकका बालिकाहरुले बालविवाहका कारण आफ्नो शिक्षा बीचैमा छोड्न बाध्य भएका छन् ।
 
युएनएफपीएले बालिकाहरुको बिवाह १८ वर्ष अघि गर्न नपाउने मापदण्ड ल्याउन पनि ती मुलुकलाई आग्रह गरेको छ । बालिकाको स्वास्थ्य सुधारका लागि यौन शिक्षाका कार्यक्रमहरु पनि विकासशील मुलुकमा प्रर्याप्त मात्रमा हुनपर्नेमा जोड दिइएको छ ।
 
चीन र भारतले बालिका शिक्षामा गरेको प्रगति विकासशील मुलुकको एउटा राम्रो उदारहण भएको युएनएफपीएले जनाएको छ । एएफपी