मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

डुङ्गा दुर्घटनामा ३९ को मृत्यु, ८० जना बेपत्ता

डुङ्गा दुर्घटनामा ३९ को मृत्यु, ८० जना बेपत्ता


याङ्गुन । उत्तरपश्चिमी म्यानमारमा गत शनिबार भएको एक डुङ्गा दुर्घटनामा मारिने व्यक्तिको सङ्ख्या ३९ पुगेको छ । अग्नि नियन्त्रण सेवा विभागले मङ्गलबार सो जानकारी दिएको हो । 
 
दुर्घटनास्थलबाट सोमबारसम्म निकालिएका ३१ शवमध्ये २२ जना महिला रहेका जनाइएको छ । ती महिलामा पनि प्रायःजसोे विद्यालयका शिक्षिका रहेका बताइएको छ । यस दुर्घटनामा परी अझै पनि ८० व्यक्ति बेपत्ता रहेका स्थानीय अधिकारीले सोमबार जानकारी दिएका छन् । 
 
करिब ३०० व्यक्ति सवार रहेका अनुमान गरिएको सो डुङ्गामा एक विश्वविद्यालयका करिब ८० जना विद्यार्थी, ३० जना शिक्षक केही चिकित्सकलगायत र अन्य १०० भन्दा बढी बीचबाटोमा चढेका व्यक्ति रहेका थिए । दुर्घटना भएकै दिनमा १५७ जना व्यक्तिलाई तत्काल उद्धार गरिएको बताइएको छ ।
 
म्यानमारमा डुङ्गा यात्रामा सुरक्षाको कमी र क्षमताभन्दा बढी यात्रु डुङ्गामा सवार हुनु नै बारम्बार दुर्घटना हुने गरेको अधिकारीको अनुमान रहेको छ । दुर्घटनापछि सो डुङ्गामा कार्यरत चारजना कर्मचारी कानुनी प्रक्रिया पूरा नगरेका आरोपमा पक्राउ परेका बताइएको छ । सिन्ह्वा / एएफपी