मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

अमेरिकामा दशैं कप भास्तिका ड्यालसको हातमा (फोटो फिचर)

अमेरिकामा दशैं कप भास्तिका ड्यालसको हातमा (फोटो फिचर)


अमृत बाबु कट्टेल / हिमालयखबर सवाददाता 
ड्यालस (टेक्सस), अमेरिका– ड्यालसमा रहेको नेपालीहरुको फुटबल क्ल ‘भास्तिका ड्यालस गोर्खा’ ले यस पटक पनि दशैं कप फुटबल विजेताको उपाधी हात पारेको छ ।
 
शनिबार आयोजित प्रतियोगितामा ड्यालस गोर्खाले एकहजार पाँचसय डलरराशी नगद सहित विजेताको उपाधी आफ्नो पोल्टामा पारेको हो । यस पटक समेत भास्तिका ड्याल गोर्खा यो उपाधीको तेस्रो पटक लगातार विजेता भइसकेको छ ।
 
ड्यालस, फोर्टवर्थ मेट्रोप्लेक्समा बसोबास गर्ने सयौं नेपालीको उपस्थितीबीच शनिबार दशैं कप फुटबल प्रतियोगिता आयोजना भएको थियो । आउँदो वर्षको दशैं कप अझै भव्य र व्यबस्थित रुपमा आयोजना गर्ने योजना आयोजकहरुको छ । 
 
प्रतियोगितामा सहभागी भएर हौसला बढाइदिएकोमा आयोजक ड्यालस गोर्खाका संयोजक विनोद विष्टले धन्यवाद ज्ञापन गरेका छन् । प्रतियोगिताका विजेता र सहभागीहरुलाई पूर्ब नेपाली राष्ट्रिय फुबटल टीमका खेलाडी उमेश प्रधान र समाजसेवी धिरेन गुरुङले ट्रफी र कपहरु हस्तान्तरण गरेका थिए ।