मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

नारायणी किनारमा ‘पानी प¥यो असिना झ¥यो…’

नारायणी किनारमा ‘पानी प¥यो असिना झ¥यो…’


नारायणगढ । मौसम छिनभरमै बदलियो । दिउँसो ४ बजेसम्म टन्टलापुर घाम लागेको थियो । तर, कालो बादल आएर घाममात्र छेकेन पानी पार्न थाल्यो । चर्को घाममा प्रचण्ड गर्मीको महसुस गरिरहेका युवा मन वर्षादको आनन्दमा गीतसँगै रमाउन थाल्यो । 
 
पछिल्लो समय निकै चलेको गीत ‘पानी प¥यो असिना झ¥यो, दाइको रुमाल भाउजूलाई मन प¥यो’ भन्ने बोलको गीतमा कार्टुन क्रूज आफ्नो प्रस्तुति नारायणी नदी किनारमा भएको एनसेल मेलाको सांगीतिक कार्यक्रममा दिइरहँदा पानी परिरहेकै समय थियो । हजारौंको संख्यामा रहेका युवा युवतीले यस गीतमा कलाकारहरुसँगै पानीमा रुझ्दै कम्मर मर्काएका थिए ।
 
मौसमको बदलीले दिएको आनन्दभन्दा फरक आनन्द नाच र गीतको थियो । चर्चित नृत्य समूह र गायकगायिकाको उपस्थितिमा भएको भव्य कार्यक्रममा घामपानीको कुनै परबाह नगरी युवाजमात गीतको तालमा उफ्रिरहेका थिए ।
 
खुला ठाउँमा कमैमात्र हुने यस्ता कार्यक्रम युवा जमातका लागि रिफ्रेसमेन्ट नै बनेको आयोजकले जनाएको छ । मेलाको विशेष आकर्षण रहेको कन्सर्टमा, गायक सुगमपोख्रेलले आफ्नो उत्कृष्ट गीतहरु ‘झिल्केले…, ‘प्रेम गीत….’लगायतका गीतहरुले दर्शकहरुलाई खुब नचाएको थियो । 
 
कार्यक्रममा शिव परियारले ‘क्या दामी भो….’ लगायत ६ वटा गीत प्रस्तुत गर्दा नउफ्रने र ननाच्ने दर्शक कमै  थिए । उनले ‘संगी डुब्दै छु’ गाउँदा पनि दर्शकहरु उनीसँगै गाउँदै नाचेका थिए । 
 
मिलन अमात्यको ‘गाला रातै’, ‘स्लोली स्लोली’ अनि लाउरेको नेपहपको बाटो, साथी हो र एक्स व्याण्डको लुक्न देऊ, चियाबारीमा जस्ता प्रस्तुतिहरुले पनि दर्शकहरुलाई झुमाएको थियो । कार्टुन्जक्रु र युभिएन्जल्स्को प्रस्तुतिमा दर्शकहरु मन्त्रमुग्ध भएका थिए । त्यसैगरी हाँस्यकलाकार सन्दिप क्षेत्रीको प्रदर्शनले दर्शकहरुलाई काउकुती लगायो । रेमोनदास श्रेष्ठ, समृद्घि राईले पनि आफ्नो प्रस्तुति दिए । डिजे रुपेशले प्रस्तुतिले पनि दर्शकलाई नचाएको थियो ।  
 
संचार सेवा प्रदायक कम्पनी एनसेलको आयोजनामा भएको सांगीतिक कार्यक्रममा नारायणगढ बेसरी झुमेको हो । कम्पनीले रि-ब्राण्डिङपश्चात नजिकिदै गरेको चाडपर्वको अवसर पारेर आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुशीयाली साट्न, शुभकामना आदान–प्रदान गर्न र आफ्नो नयाँ ब्राण्ड चिनाउन मेला आयोजना गरेको हो ।