मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

महावीरको नागी गाउँ : कृषिदेखि सूचना प्रविधिसम्म आत्मनिर्भर

महावीरको नागी गाउँ : कृषिदेखि सूचना प्रविधिसम्म आत्मनिर्भर


बेनी (म्याग्दी) । धौलागिरि अञ्चलमा नै सबैभन्दा पहिला इन्टरनेट पुगेको सामाजिक अभियन्ता महावीर पुनको गाउँ हरेक कुरामा आत्मनिर्भर बनेको छ ।
 
पच्चीस वर्षअगाडि अमेरिकाबाट उच्च शिक्षा हासिल गरेर नेपाल फर्किएका पुनले  गृहजिल्ला म्याग्दीको राम्चेस्थित नागीमा ताररहित इन्टरनेटसहित शिक्षा, स्वास्थ्य कृषि, पशुपालन, पर्यटन लगायतका क्षेत्रमा काम गरेर गाउँलाई आवश्यक पर्ने आधारभूत सुविधा उपलब्ध गराई नागीलाई आत्मनिर्भर बनाउन सफल भएका हुन् ।
 
विश्वभर डिजिटल साक्षरता अभियन्ता भनेर चिनिने पुनले कृषि, पशुपालन, पर्यटनलाई समेत उत्तिकै मह¤व दिएका छन् । नागी अहिले कृषि, पशुपालन, पर्यटन, सञ्चार, स्वास्थ्यसहितका क्षेत्रमा आत्मनिर्भर छ । 
 
‘महावीर गाउँ प्रवेश गरेपछि धेरै परिवर्तन भएको छ, गाउँका धेरैजसो उत्पादनमुखी क्षेत्रमा पुनः सक्रिय हुनुहुन्छ’, हिमाञ्चल उच्च माविमा शिक्षक कृष्ण पुनले भने ।
 
उनका अनुसार विद्यालयमा इन्टरनेट, कम्प्युटर शिक्षा, काठमाडाँैमा रहेको मोडेल अस्पतालको सेवा गाउँमै उपलब्ध गराउने गरी टेलिमेडिसिन सेवा, महिलालाई च्याउ खेती, सिलाइ बुनाइ तालिम, खरायो, माछापालन, हातेकागजको उत्पादन, चाँैरीपालन, सामुदायिक लज, पदमार्ग विस्तारसहित विभिन्न क्षेत्रमा गाविसवासीको सहभागितामा पुनले काम गरिरहेका छन् । 
 
परनिर्भरताको अन्त्य गर्न गाउँमा सम्भावना रहेका र आवश्यकतालाई गाउँमै उत्पादन गर्नुपर्छ भन्ने अभियान सञ्चालन गरेका महावीरले दुई दशकमा आधुनिक कृषिसहित महिलाको जीवनस्तरमा समेत परिवर्तन ल्याउन सफल हुुनुभएको स्थानीयवासीले बताएका छन् । 
 
‘महिलालाई चुलोचौकोबाट बाहिर ल्याएको नै उनले हो, हामीले अहिले राम्रो कमाइरहेका छौँ’, महिला अगुवा राममायाँ पुनले भने । 
 
श्रीमान्ले विदेशमा गरेको आम्दानीभन्दा धेरै गाउँमै उत्पादन गरेको अल्लोको कपडा, झोला, जामसहितका कृषि उत्पादनको कमाई दोब्बर भएकोसमेत पुनको भनाइ छ । महिलाले उत्पादन गरेका सामग्रीलाई समेत स्वदेश तथा विदेशमा बजारीकरण गर्नसमेत महावीरले सहयोग गरेपछि हरेक वर्ष उत्पादनको क्षमता विस्तारका साथै गाउँभर रहेका महिलालाई तालिम सहितका गतिविधिमा महिला अगुवा सक्रिय छन् ।
 
सबैजसो समुदायको सक्रियतामा सञ्चालन भइरहे पनि आफ्नो क्षमताअनुसार व्यक्तिगत रूपमा आलुखेती सहितका उत्पादनमुखी कार्यसमेत भइरहेको छ । एक वर्षमा एक करोड बराबरको आलु निर्यात हुन्छ । गाउँमा निमावि र माध्यमिक तहका विद्यार्थीलाई कृषि, पशुपालनसहित कम्प्युटरसम्बन्धी प्रयोगात्मक अभ्यास गराउने गरिन्छ ।