मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएन न्युजर्सी सम्मेलन भिजन २०२० एण्ड विओण्डमा केन्द्रित हुने

एनआरएन न्युजर्सी सम्मेलन भिजन २०२० एण्ड विओण्डमा केन्द्रित हुने


न्युजर्सी(अमेरिका)- अमेरिकाको न्युजर्सीमा हुन लागेको गैर आवासीय नेपाली नवौँ क्षेत्रीय सम्मेलनमा एनआरएन भिजन २०२० एण्ड बिओण्डमा केन्द्रित रही छलफल हुने भएको छ । 
 
नेपाली नागरिकता र नेपालमा लगानीमा बढी केन्द्रित गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)ले आफ्नो दायरा अझ बढाउन बहसका रूपमा भिजन २०२० को अवधारणा अघि सारेको एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलले बताए ।
 
एनआरएनए स्थापनाको विगत १३ वर्षमा हामीले नेपाली नागरिकताको निरन्तरता र नेपालमा पुँजी लगानीलाई जोड दियौं यसमा हामी आशिंक सफल पनि भयौँ पौडेलले भने अहिले एनआरएनको सञ्जाल ७० भन्दा बढी देशमा फैलिएको छ, हाम्रो संस्थागत संरचनालाई अझ संस्थागत बनाउनु छ, नयाँ क्षेत्रमा पनि प्रवेश गर्न सकिन्छ, यही भएर बहसको रूपमा उक्त अवधारणा अगाडी सारिएको हो ।
 
अगष्ट २७ र २८ मा हुने एनआरएन नवौँ क्षेत्रीय सम्मेलनमा ५ सय भन्दा बढीको सहभागिता हुने पौडेलले जानकारी दिए । भावी रणनीतिमा छलफलका लागि विज्ञहरुको समूह पनि बनाइएको पौडेलले जानकारी दिए । नेपालबाट आउने सहभागी र विदेशबाट आएका एनआरएन प्रतिनिधिहरुसंग एनआरएनलाई अझ सशक्त रूपमा अघि बढाउन नयाँ अवधारणा छन् कि ? अव एनआरएनएले कुन बाटो लिदां अझ सशक्त हुन्छ यही विषयलाई केन्द्रमा राखेर कार्यक्रमहरू बनाइएको उनले बताए । 
 
लगानी मात्र होइन विदेशमा आफ्नो क्षेत्रमा दक्षता हासिल गरेका थुप्रै नेपाली विज्ञहरु छन् उनीहरूको क्षमतालाई पनि नेपालले उपयोग गर्न सकेको छैन पौडेलले, यस्ता विषयमा पनि छलफल हुनु पर्‍यो ।
 
के कस्ता कार्यक्रम छन् यो अहिलेसम्म सार्वजनिक गरिएको छैन । तर, युवा सहभागिता, आर्थिक, संविधानमा राखिएको एनआरएन नागरिकताको व्यवस्था, एनआरएन सङ्गठन जस्ता विषयमा पनि सम्मेलनमा छलफल हुने आयोजकले जनाएका छन् । कार्यक्रमको खाका मोटामोटी रुपामा बनेको छ, कार्यक्रम संयोजक तथा एनआरएन उत्तर अमेरिका संयोजक सोनाम लामाले भने अन्तिम परामर्शका लागि एनआरएन अध्यक्ष शेष घलेलाई पठाएका छौँ । 
नेपालका तीन अरबपति विनोद चौधरी, उपेन्द्र महतो र शेष घले
 
कार्यक्रममा नेपालका तीन अरबपति विनोद चौधरी, उपेन्द्र महतो र शेष घले सहभागी हुने तय भएको छ । यस्तै नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका, उद्यमी चन्द्र ढकाल, प्रभु बैंकका प्रमुख कार्यकारी अशोक शेरचन लगायतका सहभागिता हुने लामाले जानकारी दिए । 
 
सम्मेलनमा आउने मुख्य अतिथि भने तय हुन सकेको छैन । अमेरिकाका विदेशमन्त्री जोन केरीलाई प्रमुख अतिथिका लागि निमन्त्रणा पठाइएको छ । केरी आउने नआउने टुंगो लागेको छैन् । विदेशमन्त्री केरीको कार्यालयबाट केही सकरात्मक सङ्केत आएको छ तर, आउने समय मिल्छ मिल्दैन केही भनिएको छैन ,लामाले भने । 
 
नेपालबाट पराराष्ट्रमन्त्रीलाई वोलाईएको छ । तर, नयाँ सरकार गठनभएकाले यसमा पनि टुंगो लाग्न नसकेको हो । पूर्व सभामुख तथा  सांसद सुभाष नेबांगलाई पनि निमन्त्रणा पठाइएको हो । उनको आउने नआउने पनि टुंगो छैन । नेबांगले संविधानमा एनआरएन नागरिकताका लागि सकरात्मक पहल गरेका थिए । यसैले उनलाई डाकिएको हो ।
 
डेनमार्कको कोपेनहेगनमा गत साता भएको एनआरएन युरोपेली क्षेत्रका देशको क्षेत्रीय भेलामा सामूहिक रूपमा नेपालमा कम्तीमा १ अर्ब रुपैंया लगानी गर्ने निर्णय भएको थियो । अमेरिकामा हामीले सधैँ भरी नेपालमा लगानी गर्न अभिप्रेरित गरेका छौँ म सहित केही साथीहरूले लगानी गरेका पनि छौँ, पौडेलले भने तर, लगानीका लागि वातावरण हुनु पर्‍यो उपयुक्त क्षेत्र पाउनु पर्‍यो यो भएमा अमेरिकामा बस्ने थुप्रै नेपालीको लगानी जान्छ I
 
नेपालबाट कार्यक्रममा सहभागी हुन २१ जनालाई निमन्त्रणा पठाइएको र यसमा कुनै विवाद नरहेको पौडेलले दाबी गरे ।