मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हिमालय खबर तस्विर   

बजरंगी भाइजानले ४ दिनमा ३ अर्ब कमायो

बजरंगी भाइजानले ४ दिनमा ३ अर्ब कमायो


सलमान खानको फिल्म बजरंगी भाइजानले भारत बाहिर समेत राम्रो व्यापार गरेको छ। 
 
रिलिजको चार दिनमा फिल्मको कमाइ लगभग ३ अर्ब २० करोड नेपाली रूपैयाँ पुगेको छ। फिल्म व्यापार विश्लेषक तरन अदर्शले भारत बाहिरको बजारमा बजरंग भाइजानको कमाइ सोमबारसम्म कूल ६०.४० करोड भारू पुगेको उल्लेख गरेका छन्। यो अवधिमा भारतीय बजारमा फिल्मले १२९.६५ करोड भारू कमाएको थियो।
 
भारतीय बजारमा रिलिजको दिन फिल्मले २७.२५ करोड भारू कमाएको थियो। इदको दिन फिल्मको कमाइ ३६.६ करोड पुग्यो।  
 
भारतीय बजारमा रिलिजको दिन फिल्मले २७.२५ करोड भारू कमाएको थियो। इदको दिन फिल्मको कमाइ ३६.६ करोड पुग्यो। तेस्रो दिन कमाइ अरू बढ्दै ३८.७५ करोड भारू पुग्यो। मंगलबार र बुधबार पनि फिल्म हाउसफुल भएका खबरहरू अएका छन्।
 
सलमानको फिल्मको सफलतासँगै ट्विटरमा ह्यासट्याग अनस्टेबलबजरंगभाइजान ट्रेन्ड भइरहेको छ।