मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हिमालय खबर तस्विर   

सलमान, अजयलाई पन्छाउँदै अमिताभ बने ‘ब्राण्ड एम्बेसडर’

सलमान, अजयलाई पन्छाउँदै अमिताभ बने ‘ब्राण्ड एम्बेसडर’


भारतीय सरकारले किसानलाई खेतीपातीबारे जानकारी दिन खोलेको टिभि च्यानल ‘डिडि किसान टिभी’ को ब्राण्ड एम्बेसडरमा अमिताभ बच्चन चुनिएका छन् । भारतीय सरकारी च्यानल दुरदर्शनको साझेदार च्यानलको रुपमा खुलेको च्यानललाई किसानको कल्याणका लागि भनिएको छ  ।
 
४५ करोड बजेटमा खुलेको उक्त टेलिभिजनको एम्बेसडर बनाउनका लागि सरकारले अमिताभलाई ६ करोड ३१ लाख पारिश्रमिक दिएको भारतीय संचारमाध्यमले जनाएका छन्। तर,अमिताभले यस्तो मौका सजिलै पाएका भने होइनन् । अजय देवगन, काजोल र सलमान खानसँग पनि सोका लागि च्यानलले  कुराकानी गरेको थियो । तर, भाग्य अमिताभकै बलियो ठहरियो । उनले चार करोड रुपियाँ भुक्तान पाइसकेको पनि बताइन्छ । 
 
सम्झौता २०१६ को अप्रिलसम्मका लागि भएको छ । झण्डै एक वर्षको करार पछि उनले टिभि, इन्टरनेट, फिल्मका लागि एक दिन खर्चेर पिएसए सुटिङ गराएका छन् । नरेन्द्र मोदी गुजरातका मुख्यमन्त्री हुँदा बच्चन नै गुजरातको ब्राण्ड एम्बेसडर थिए। – एजेन्सी