मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जानी राखे राम्रो    

यस्ता खाद्यपदार्थले पगाल्छ पेटको बोसो

यस्ता खाद्यपदार्थले पगाल्छ पेटको बोसो


धेरैजसो मानिसलाई पेटको बोसो कसरी घटाउने भन्ने चिन्ता हुन्छ । केही खाद्यपदार्थ यस्ता हुन्छन्, जसले सजिलै पेटको बोसो कम गर्छन् । यस्ता खाद्यपदार्थले मेटाबोलिजम बढाएर शरीरबाट बोसो निकाल्ने हर्मोन सक्रिय हुनमा मद्दत गर्छन् ।
 
केरा : केरालाई अधिकांश मानिसहरु तौल बढाउने खाद्यपदार्थ मान्छन् । तर, केरामा चिल्लो नष्ट गर्ने तत्व हुन्छन् । यसमा पाइने प्रतिरोधी स्टार्च पेटमा पाइने राम्रा ब्याक्टेरियाका कारण फ्याटी एसिडमा परिवर्तन हुन्छन् । यसले चिल्लो पदार्थलाई रोक्ने काम गर्छ । तौल कम गर्नका लागि यसलाई फ्रुट सलादको रुपमा पनि लिन सकिन्छ ।
 
बदाम : प्रोटीनले भरिपूर्ण बदामले मांसपेशीको निर्माणका साथै शरीरमा फ्याट जम्मा हुन पनि दिँदैंन । फ्याटलाई नष्ट गर्ने क्षमता भएका कारण यसले शरीरमा खाद्यपदार्थ पचाउनमा पनि सहयोग गर्छ । अमेरिकाको पेन्सिलभेनिया स्टेट युनिभर्सिटीका क्लायर भेरीम्यानका अनुसार कार्बोहाइड्रेट भएको खाद्यपदार्थको साटो दैनिक नास्तामा बदाम खानाले मुटुसम्बन्धी रोगको खतराबाट पनि बच्न सकिन्छ । साथै शरीरमा जम्मा हुने अतिरिक्त बोसोलाई पनि नियन्त्रण गर्न सक्छ । बदाम नियमित खानाले मेटाबोलिक रोग र हृदयरोगको खतरा पनि बढ्छ । बदामलाई काँचै या पानीमा भिजाएर खान सकिन्छ ।
 
 
गहुँका खाद्यपदार्थ : शरीरमा फ्याट कम गर्न गहुँका खाद्यपदार्थ एक विकल्प मानिन्छ । यसले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाली फ्याट कम गर्न मद्दत गर्छ । यसमा भिटामिन ई, भिटामिन बी, जिङक, सेलेनियम, कपर, आइरन, म्यागनिज तथा म्याग्नेसियमलगायतका पदार्थ पाइन्छ । यसमा फाइबर पनि प्रचुर मात्रामा पाइने भएकाले तौल कम गर्न मद्दत गर्छ ।
 
 
नरिवलको तेल :  नरिवलको तेल ट्राइग्लिसराइड्सबाट भरपूर हुन्छ । यो फ्याटी एसिड शरीरले चाँडो पचाउँछ । शरीरमा जम्मा हुँदैंन र शरीरले उर्जा उत्पादनका लागि उपयोग गर्न सक्छ । तौल घटाउने उद्देश्य पूरा गर्नका लागि नरिवलको तेल खाना पकाउन एक उपयुक्त विकल्प हो ।
 
दाल : पूर्वीय खानामा दाल महत्वपूर्ण हिस्सा हो । यो आइरनको राम्रो स्रोत हो । खानामा नियमित रुपमा दाल मिसाउनाले पाचन शक्ति पनि बढ्छ र शरीरमा फ्याट पनि जम्न पाउँदैंन । उम्रिएको दाल तपाईंले सलादको रुपमा पनि प्रयोग गर्न सक्नुुहन्छ ।
 
 
रातो खुर्सानी :  फ्याट कम गर्न खुर्सानी पनि प्रभावकारी हुन्छ । खुर्सानीमा हुने क्याप्सेसिन नामक पदार्थले अक्सिकरणद्वारा पेटमा बोसो कम गर्न मद्दत गर्छ । यसले खाना पचाउन मद्दत गरी शरीरबाट क्यालोरी नष्ट कम गर्न सहयोग गर्छ । बेलायतमा गरिएको एक अनुसन्धानअनुसार खुर्सानीले शरीरमा हुने क्यालोरीलाई नष्ट गरेर मोटोपना घटाउन सहयोगी भएको पुष्टि भएको छ । यसमा पाइने क्याप्सेसिनले भोक कम गर्न र उर्जाको खपत गर्न पनि मद्दत गर्छ ।
 
 
ब्रोकाउली :  ब्रोकाउली खानाले शरीरका लागि आवश्यक पोषक तत्व पूर्ति हुन्छ । यसका साथै यसले तौल घटाउन पनि मद्दत गर्छ । यसमा पाइने फिटोनुट्रिएन्ट इन्जाइमलाई उत्तेजित गरेर बोसोलाई नष्ट गर्छ ।
 
 
एभोकाडो : स्वास्थ्यका लागि एभोकाडोका विभिन्न फाइदा हुन्छन् । यो मोनो अनस्याचुरेटेडबाट भरपूर हुन्छ । यसले खाना पचाउन पनि मद्दत गर्छ र कोशिकाहरुको क्षति हुनबाट रोक्छ ।