मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

गुगलले ल्याउँदैछ यु ट्युब गेमिङ

गुगलले ल्याउँदैछ यु ट्युब गेमिङ


इन्टरनेट जाएन्ट गुगलले एक लाइभ स्ट्रिमिङ गेमिङ सर्भिसल्याउँदैछ । गुगलले उक्त गेमिङ वेबसाइट तथा एपको नाम यु ट्युब गेमिङ रहने जानकारी दिएको छ । यो सर्भिस एप तथा वेबसाइट दुबै रुपमा उपलब्ध हुनेछ जुन विशेष रुपमा गेमिङका शौखिनमा केन्दि्रत हुनेछ ।
 
उक्त एप तथा वेबसाइटको माध्यमबाट २५ हजार भन्दा बढि गेम खेल्न सकिने गुगलले जनाएको छ । 
 
प्रयोगकर्ताहरुले सिंगल स्पेसमा गेम भिडियो तथा लाइभ स्टि्रमिङ दुबैको मज्जा उठाउन सक्ने गुगलको दाबी छ । प्रयोगकर्ताले आफ्नो संकलनमा कुनै गेम थप समेत गर्न सक्ने गुगलले जनाएको छ । 
 
प्रयोगकर्ताले यु ट्युब च्यानल जस्तै यसलाई सब्सक्राइब गर्न सक्ने र लाइभ स्टि्रमिङ सुरु हुनेबित्तिकै नोटिफिकेसन प्राप्त गर्ने गुगलले जानकारी दिएको छ ।
 
गुगलका अनुसार यु ट्युब गेमिङ एन्ड्रोइड तथा आइओएस दुबै अपरेटिङ सिस्टमवाला वेब, मोबाइल तथा ट्याबलेटमा उपलब्ध हुनेछ । यहीँ गृष्मयामभित्रमै यु ट्युब गेमिङ लन्च गर्ने जानकारी गुगलले दिएको छ ।