मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

कोपा अमेरिकामा चिलीको विजयी सुरुआत

कोपा अमेरिकामा चिलीको विजयी सुरुआत

सान्टियागो : घरेलु टोली चिलीले दक्षिण अमेरिकाको महादेशीय फुटबल प्रतियोगिता कोपा अमेरिकामा विजयी सुरुआत गरेको छ। बिहीबार राति भएको खेलमा चिलीले इक्वेडरलाई २-० गोलले हरायो। चिलीको जितमा अर्तुरो भिदाल र एडुवार्डो भर्गासले गोल गरे।
 
प्रतिस्पर्धात्मक खेलमा चिलीले पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो। इक्वेडरका मिलर बोलानोसले भिदाललाई डीबक्सभित्र लडाएपछि चिलीले पेनाल्टी प्रहारको अवसर पाएको थियो। ६७औं मिनेटमा प्राप्त उक्त अवसर भिदाल आफैंले सदुपयोग गरे।
 
इटालियन सिरि ए च्याम्पियन्स युभेन्ट्सका मिडफिल्डर भिदाल पछिल्लो समय राम्रो लयमा छन्। उनको क्लब युभेन्ट्स गत युरोपियन च्याम्पियन्स लिगको फाइनलमा पुगे पनि बार्सिलोनासँग पराजित भएको थियो। 
 
८४औं मिनेटमा अग्रता दोब्बर बनाएपछि घरेलु टोलीको जित सहज बनेको थियो। खेलको इन्जुरी समयमा चिलीका माटियास फर्नान्डेजले दोहोरो पहेँलो कार्डका कारण बाहिरिनु परे पनि त्यसले घरेलु टोलीलाई असर गरेन।
 
इङ्लिस क्लब आर्सनलका स्ट्राइकर एलेक्सिस सान्चेजले खेलको सुरुआतमै राम्रो अवसर गुमाएपछि चिलीलाई खाता खोल्न समय लागेको थियो। सान्चेजले दिएको पासमा भर्गासले गोल गरेका थिए।
 
तुलानात्मक रूपमा बलियो टोली चिलीविरुद्ध इक्वेडरले काउन्टर एट्याकमा खेल्ने प्रयास गरे पनि त्यो बराबरीका लागि समेत पर्याप्त हुन सकेन। इक्वेडरका स्ट्राइकर फिडेल मार्टिनेजले गरेका प्रहारमा डाइभ गर्नुबाहेक चिलीका गोलरक्षक क्लाउडियो ब्राभोले खासै ठूलो चुनौती सामना गर्नु परेन।
 
चिली हालसम्म महादेशीय च्याम्पियन हुन सकेको छैन। कोपा अमेरिका खेल्न थालेको ९९ वर्ष भए पनि चिली चार पटक फाइनलमा पुगेर उपाधि जित्न भने असफल भएको थियो।
 
चिलीले अन्तिम पटक यो प्रतियोगितामा सन् १९८७ मा फाइनलयात्रा तय गरेको थियो। गत विश्वकपमा नकआउट चरण पुगेकाले पनि यस पटक ब्राजिल र अर्जेन्टिनापछि बलियो उपाधि दाबेदारका रूपमा चिलीलाई लिइएको छ।
 
समूह 'ए' मा चिलीले एक खेलबाट तीन अंक जोडेर शीर्षस्थानमा छ। समूहमा चिलीले मेक्सिको र बोलिभियासँग पनि प्रतिस्पर्धा गर्ने छ। समूह 'बी'मा अर्जेन्टिना, उरुग्वे, पाराग्वे र जमैका छन्। 
 
समूह 'सी'मा ब्राजिल, कोलम्बिया, पेरु र भेनेज्वेला छन। समूहको शीर्ष दुई टोली क्वार्टरफाइनल पुग्नेछन्। त्यसैगरी तीन समूहका उत्कृष्ट दुई तेस्रो टोली पनि अगाडि बढ्नेछन्। उरुग्वे साबिक विजेता हो। 
 
प्रतियोगिताअन्तर्गत शनिबार राति हुने खेलमा अर्जेन्टिना र पाराग्वे तथा जमैका र उरुग्वेबीच प्रतिस्पर्धा हुनेछ।- एजेन्सी
– See more at: http://annapurnapost.com/News.aspx/story/13211#sthash.xen6Vo9o.dpufसान्टियागो : घरेलु टोली चिलीले दक्षिण अमेरिकाको महादेशीय फुटबल प्रतियोगिता कोपा अमेरिकामा विजयी सुरुआत गरेको छ। बिहीबार राति भएको खेलमा चिलीले इक्वेडरलाई २-० गोलले हरायो। चिलीको जितमा अर्तुरो भिदाल र एडुवार्डो भर्गासले गोल गरे।
 
प्रतियोगिताअन्तर्गत शनिबार राति हुने खेलमा अर्जेन्टिना र पाराग्वे तथा जमैका र उरुग्वेबीच प्रतिस्पर्धा हुनेछ।
– एजेन्सी