जानी राखे राम्रो

रोगब्याधि लसुनले ढिम्किनै दिँदैन

लसुनले लखेट्छ यी रोग

प्रकाशित |
धेरैे लसुनलाई खाना स्वादिस्ट बनाउने मसला ठान्छन् । यस उपादेयता यति मात्रै ठान्नु लसुनप्रतिको ठूलो अन्याय हो । मानव स्वास्थ्यका लागि धेरै लाभदायी गुण हुन्छन् लसुनसँग । 
 
कति प्रकारका रोगब्याधि लसुनले ढिम्किनै दिँदैन, कतिलाई लखेट्छ । लसुनमा एलिएम नामको एन्टिबायोटिक हुन्छ । जसले प्राकृतिक एन्टिबायोटिकका रुपमा काम गरिरहेको हुन्छ ।
 
 स्वास्थ्यका लागि फाइदा गर्ने भएकैले विश्वका हरेक ठाउँमा यसको प्रयोग जरुरी ठानिएको हो ।
एसिडिटीको समस्यामा यसको प्रयोग असाध्यै लाभदायी मानिन्छ  ।
 
लसुनले उच्च रक्तचाप कन्ट्रोल गर्न मद्दत गर्छ । यसले रगत प्रसारणमा नियन्त्रण गरेर कतिपय अवस्थामा मुटुका रोग लाग्नबाट समेत जोगाउँछ ।
 
पेटका रोग जस्तै डाइरियाका लागि यसको प्रयोग असाध्यै प्रभावकारी ठानिएको छ । त्यसैगरी प्राचन प्रक्रियालाई यसले सघाउँछ । आत्तिने वा तनावबाट सिर्जना हुने एसिडिटी कन्ट्रोल गर्न पनि काम आउछ ।
 
लसुनमा रहेको डिटक्सिफिकेसन गुणका कारण विश्वमैं वैकल्पिक चिकित्सामा यसलाई सबभन्दा राम्रो खाद्य सामग्री मानिएको हो । यो त्यति  शक्तिशाली हुन्छ, कतिपय परजीविलाई शरीरभित्रै सिध्याइदिन्छ । मधुमेह र कति प्रकारका क्यान्सर समेत निको गर्न यसले मद्दत गर्छ ।
 
लसुन श्वासप्रश्वास प्रणालीका लागि पनि राम्रो हुन्छ । यसले टिबी, दम, निमोनिया, रुघालगायतका रोगको रोकथाम गर्न सक्छ ।
 
टीबी रोगको समस्या भएकाहरुले बिहानै खाली पेटमा यसको प्रयोग गर्नु उपयुक्त हुन्छ ।
 
दाँतको दुखाइमा पनि यसको प्रयोग गुणकारी हुन्छ ।
फूलका समस्यमा पनि बिहान उठ्नेबित्तिकै मनतातो पानीसँग यसको प्रयोग गर्न लाभदायक हुन्छ ।
 
हिमालय खबर

हिमालय खबर -

थप »

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया