मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

टी-२० विश्वकप छनोटका लागि नेपाली टोलीको घोषणा

टी-२० विश्वकप छनोटका लागि नेपाली टोलीको घोषणा


२७ जेठ, काठमाडौं । आसन्न टी-२० विश्वकप छनोटका लागि पारस खड्काको कप्तानीमा नेपाली टोलीको घोषणा भएको छ । १५ सदस्यीय टोलीमा सिद्धान्त लोहनी नयाँ अनुहारका रुपमा आएका छन् । अनिल मण्डल, जितेन्द्र मुखिया र प्रदिप ऐरी पनि टोेलीमा परेका छन् ।
 
टोलीका अन्य सदस्यहरुमा शरद भेसवाकर, बसन्त रेग्मी, सोमपाल कामी, करण केसी, सुवास खकुुरेल, ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, सागर पुन, विनोद भण्डारी र राजेश पुलामी मगर छन् । पृथु बास्कोटा, मेहबुब अलम, भुवन कार्की र अभिनाश कर्ण भने बैकल्पिक खेलाडीमा परेका छन् । २२ सदस्यी प्रारम्भिक टोलीमा परेका महेश क्षेत्री, हरिशंकर शाह र सौरभ खनाल भने टीममा पर्न सकेनन्। टी-२० विश्वकप छनोटमा नेपाल समूह एमा परेको छ । समूहमा आयरल्याण्ड, हङकङ, पपुवा न्यूगिनी, नामिबिया, अमेरिका र जर्सी छन् ।
 
नेपालले आफ्नो पहिलो खेलमा जुलाइ १० मा अमेरिकाको सामना गर्नेछ । विनोद दास बलिङ कोच विश्वकप छनोटमा बलिङ कोचमा पूर्व कप्तान विनोद दास रहनेछन् । उनले गत चैतमा मात्र औपचारिक रपमा खेलाडी जीवनबाट सन्यासको घोषणा गरेका थिए ।
नेपाली टोलीको ब्याटिङ कोचमा भारतकी मोन्टी देशाई र फिजियोमा भारतका ऐजाज असई रहेको क्यानले जनाएको छ ।
 
नेपाली टिम लिडरका रुपमा नेपाल क्रिकेट संघका कार्यवाहक अध्यक्ष दीपक कोइराला पनि आयरल्याण्ड जाने भएका छन् । टिम म्यानेजरमा क्यानका प्रमुख कार्यसंचालन अधिकृत छुम्बी लामा रहने छन् ।