मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

३४ लाख सङ्कलन गर्न सफल-बागलुङ सेवा समाज अमेरिका

३४ लाख सङ्कलन गर्न सफल-बागलुङ सेवा समाज अमेरिका


हिमालय खबर I बागलुङ सेवा समाज अमेरिका गठन को पुग नपुग ६ महिनाको छोटो समयावधि भित्र आज हामी नेपालमा गएको महा बिनासकारी भूकम्पमा परेका मृत आत्माको चिर शान्तिको कामना गर्दै भुक्मप पीडितलाई सहयोग गर्ने उद्देश्यले सञ्चालन गरिएको राहत सङ्कलन अभियानमा करिब नेपाली ३४ लाख सङ्कलन गर्न सफल भएको छौ। जस मध्ये नुवाकोट सिमारी ९ मा १११ घर परिवार करिब ८०० जनालाई खाध्यन्न तथा तिरपल डोल्खामा १४ तिरपल कार्भेमा ८ तिरपल गोदावरीमा २ तिरपल समाज सेबी हिमाल रोका एबम राम तामाङको पूर्ण सहयोगमा वितरण गरिषकीएको छ।

 

मे ३१ २०१५ मा बागलुङ सेवा समाज अमेरिका अध्यक्ष हरि प्र.शर्माको अध्क्षयतामा बसेको कार्य सम्पादन समितिको बैठकले जेष्ठ २८ -२०७२ दिनको २ बजे बागलुङ बजारमा प्रमुख जिल्ला अधिकारीको प्रमुखआत्थियमा समाजका सल्लाहाकार गौरिश्वर शर्माको उपस्थितिमा प्रत्येक मृतकको परिवारलाई २० हजारको दरले सहयोग रकम हस्तान्तरण गर्ने र जिल्ला दैबिक प्रकोप उद्धार सलितीलाईअति विपन्न तथा एक्कल महिलालाई पहिलो प्राथमिकता दिदै वितरण गर्नको लागि२० लाख बराबरको कर्कत पाता हस्तान्तरण गर्ने बैशाक २९ , २०७२ मा पर्वतमा २ एक्कल तथा आर्थिक अवस्था कमजोर भएको परिवारलाई २०/२० हजारको दरले दिने निर्णय गरिएको छ।

 

जुन कुराले आज मनमा थोरै भए पनि शान्ति महसुस भएको छ।हाम्रो अभियानमा सल्ला सुझाव दिनु हुने समाज सेबी दिलु खत्री जापान,पत्रकार खगराज गौतम नेपाल,कलाकार वसन्त थापा नेपाल,प्रमुख जिल्ला अधिकारी शेसनारायण पौड्याल बागलुङ,जगुलाल पाण्डे बागलुङ,समाज सेबी देव बहादुर नेपाली पोखरा एबम आर्थिक सङ्कलनमा अहोरात्र लाग्नु हुने आर्थिक सङ्कलन समितिका साथीहरू लाल कुवर, बिपिन श्रेष्ट तथा हरि प्र शर्मा,मीन खडका,खिम भट्टराई,तेजेन्द्र सापकोटा,ओमकार,नरेन्द्र आचर्य, मेघनाथ शर्मा एबम प्रमुख सहयोगीहरु डा.हेमराज रेग्मी,राधे बोहोरा, लाल कुँवर, गङ्गा जी.सी ,टेक बहादुर बुढाथोकी, दिनेश आचर्य, लेक बहादुर खत्री क्षेत्री, भुपेन्द्र कडेल साथै सम्पूर्ण सहयोगी विशाल मनहरुमा धेरै धेरै धन्यवाद।आगमी दिनहरूमा पनि तपाईँ हामी सबैको साथ र सहयोग बाट अझै राम्रा काम गर्न सक्ने छौ।

 

यसरी नै हातमा हात मिलाएर अगाडी बढौ । विरोधको लागि विरोध होइन। भष्टचार नाताबाद र कृपाबादको विरोध गरौँ। (सन्तोष खत्री भूकम्प पीडित राहात समिति संयोजक तथा कोषाध्यक्ष बागलुङ सेवा समाज अमेरिका)