मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

साहरुख, सलमान, आमिर एउटै चलचित्रमा, कसरी भयो संभव ?

साहरुख, सलमान, आमिर एउटै चलचित्रमा, कसरी भयो संभव ?


सलमानको नयाँ चलचित्रको प्रचारमा साहरुख र आमिर खान दुबै उत्रिए । यसबाट बलिउडमा ३ खान एक भएको अड्कल पनि काटिएको थियो ।
 
यही चर्चाको विचमा अब अर्को एउटा चर्चा पनि सुरु भएको छ । बलिउडका चर्चित ३ खानले आजसम्म एकसाथ चलचित्रमा काम गरेका छैनन् ।
 
 सलमान र साहरुख, सलमान र आमिर एकसाथ पर्दामा देखिएपनि ३ चर्चित खान एकसाथ देखिएका छैनन् । यसैले पनि बलिउडमा ३ खानलाई एउटै पर्दामा हेर्ने दर्शकको चाहना पुरा भएको छैन ।
 
बलिउडका शक्तिशाली ३ खान अब एउटै चलचित्रमा देखिन लागेको भारतीय मिडियाले दाबी गरेका छन् । निर्माता तथा निर्देशक साजिद नाडियाडवालाले एउटा चलचित्र निर्माण गर्न लागेका छन् ।
 
 जुन चलचित्रमा ३ खानलाई देखाउन लागिएको छ । यो चलचित्रमा ३ खान नै सुपरस्टार हुने बताइन्छ ।