मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारतमा कोरोना संक्रमितको संख्या ९६ लाख नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या ९६ लाख नाघ्यो


नयाँ दिल्ली । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जनाएको छ ।

भारतमा शुक्रबार थप ३६ हजार ६३५ जना थप व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख ९ हजार ५७४ पुगेको सो मन्त्रालयले जानकारी दिएको हो । जसमध्ये ९० लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । 

सो मन्त्रालयका अनुसार हाल ४ लाख ९ हजार ८६० व्यक्ति अझै पनि सक्रिय संक्रमित अवस्थामा छन् । भारतमा एकै दिन ५० हजारभन्दा कम संक्रमित भेटिएको यो लगातार ३० औं दिन हो ।भारतमा कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा थप ५०९ जनाको मृत्यु भएको र  यो सहित भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ३९ हजार ७०० पुगेको छ । 

भारतभरी सव भन्दा बढी कोरोना भाइरस प्रभावित राज्य महाराष्ट्रमा १८ लाख ४२ हजार रहेको ५७७ संक्रमित र भइसेकेका छन् । संक्रमणको कारण यहाँ ४७ हजार ५९९ व्यक्तिको मृत्यु भएको छ । कोरोना भाइरसको कारण दोस्रो प्रभावित दिल्लीमा ५ लाख ८६ हजार १२५ संक्रमित भएका छन् ।   

भारतीय स्वास्थ्य अनुसन्धान परिषदले भारतमा कुल १४ करोड ५८ लाख ८५ हजार नमूना परीक्षण गरेको जनाएको छ । एएनआई