मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सचिवालय बैठकमा ओलीको अडान : ‘प्रधानमन्त्री र अध्यक्ष दुवै पद छाड्दिनँ’

सचिवालय बैठकमा ओलीको अडान : ‘प्रधानमन्त्री र अध्यक्ष दुवै पद छाड्दिनँ’


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनसम्म पार्टी अध्यक्ष र चुनावअघि प्रधानमन्त्री पद नछाड्ने अडान लिएका छन् । मङ्सिर १७ गते बस्ने भनिएको सचिवालय बैठक शनिबार चलेपछि बैठकमा प्रधानमन्त्री ओलीले दुवै पद नछाड्ने प्रष्ट पारेका हुन् । 

उनले भने,  ‘तपाईंहरु महाधिवेशनअघि पार्टी अध्यक्ष र आमचुनावअघि नै प्रधानमन्त्रीबाट हटाउन लागेको हो भने बैठकको कुनै औचित्य छैन । म यी दुवै पद कुनै हालतमा छाड्दिनँ, जे मनलाग्छ गर्नू ।’

उनले ठोउनले ठोस प्रस्ताव, कार्यसूची र तयारी पनि नभएकाले स्थायी कमिटी बैठक पनि रोक्नुपर्ने बताए । तर, अरू सचिवालय सदस्यहरू झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र नारायणकाजीले भने रोक्न नहुने र सचिवालयमा पेस भएका सबै दस्तावेज छलफल गर्नुपर्ने बताएका थिए ।

सचिवालय बैठक लम्बिएसँगै मङ्सिर १८ गतेका लागि निर्धारित स्थायी कमिटी बैठक मङ्सिर २१ गतेसम्मका लागि सरेको छ । यसअघिको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले १९ पृष्ठको प्रस्ताव ल्याएपछि अध्यक्ष ओलीले त्यसको जवाफमा ३८ पृष्ठको प्रस्ताव ल्याएका थिए । 

प्रचण्डको प्रस्तावलाई ओलीले लाञ्छनापत्रको संज्ञा दिँदै ओलीले त्यसलाई खारेज गर्नुपर्ने बताएका छन् । उनले स्थायी कमिटीको बैठक नगरी अलि दिन सचिवालयमै निकास निकालेर बैठक गर्नुपर्ने बताएका छन् । स्थायी कमिटीको बैठकले पनि दुई नेताबीचको अन्तर्कलह समाधान हुने टुंगो छैन ।