मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

शनिबार १०२४ जनामा कोरोना संक्रमण, २२०६ जना डिस्चार्ज, थप १० जनाको मृत्यु

शनिबार १०२४ जनामा कोरोना संक्रमण, २२०६ जना डिस्चार्ज, थप १० जनाको मृत्यु

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपालमा शनिबार १०२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार शनिबार थप १० सहित १५७७ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घन्टामा थप २२०६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या २ लाख २४ हजार ५३ पुगेको छ । जुन कुल संक्रमितको ९३.४० प्रतिशत हो । 

काठमाडौँ उपत्यकामा थप ४६० जना संक्रमित थपिएका छन् । काठमाडौँका ३४९, ललितपुरका ६५ र भक्तपुरका १८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।    

हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या १ लाख ११ हजार ९०१ पुगेको छ । जसमा काठमाडौँमा कुल ९० हजार ७७ संक्रमित भएका छन् । यस्तै, ललितपुरमा १३ हजार ६८५ जना संक्रमित भएका छन् भने भक्तपुरमा ८ हजार १११ जना रहेका छन् ।   

मोरङ, सिरहा, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी सक्रिय सङ्क्रमित रहेका छन् । ७७ जिल्लामध्ये कोभिड–१९ शून्य भएको जिल्ला मनाङ मात्र रहेको छ । 

स्वास्थ्य मन्त्रालयको विवरणअनुसार पछिल्लो २४ घन्टामा देशभरका प्रयोगशालामा थप ६ हजार ७४ जनासहित हालसम्म १७ लाख ७८ हजार २४ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ । हाल देशभरका क्वारेन्टाइनमा ५३६ जना र आइसोलेसनमा १४ हजार २५५ जना रहेका छन् ।