मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

पत्रकार बिष्णु पौडेलको तिमीलाई पर्खिबसे

पत्रकार बिष्णु पौडेलको तिमीलाई पर्खिबसे

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । बिगत लामो समयदेखी अमेरिकाको न्युयोर्कमा बस्दै आएका पत्रकार तथा गीतकार  बिष्णु पौडेलको रचनामा तयार भएको गीतको भिडियो सार्बोजनिक भएको छ ।

केही बर्ष पहिला दुईखोलीको मुहान नामको पुस्तक प्रकाशन गरेका पौडेल लामो समयसम्म न्युयोर्कमा नेपाली पत्रकारीता गर्दे आएका छन् ।

हालै मात्र सार्बोजनिक गरिएको यस गीतमा सङ्गित नेपाली लोक गीत क्षेत्रका स्थापित कलाकार जो अमेरिकामा बसेर पनि नेपाली लोक सङ्गितमा अनबरत रुपमा लागी परेका कलाकार बिमल डाँगीको छ भने नेपाली सुगम सङ्गितका बरिष्ट गायक रामकृष्ण ढकालको स्बर रहेको छ ।

बिशेष गरी यस गीतमा आफुले मन पराएको मान्छेलाई जीबन भर पाँउनका लागी कुरी बसेको र कहिले सपनिमा आएर मिठा मिठा कुरा कल्पनाहरुलाई समेत उतारिएको छ र भनिएको छ ।

तिमीलाई पर्खिबसे आँखा बिछ्याएर 

कतै भेट्न पाँउछु भनी मन डुलाएर

आशै आशामा तिमीलाई पर्खि रहुला अन्तिम सास सम्म

सम्झनाले सताईदिन्छ याद आँउदा तिम्रो

चस्किदिन्छ छाती भित्र मुटु किन यस्तो ।

यस्तै यस्तै  भाबहरु गीतमा रहेका छन । श्याम शुक्ला फिल्म प्रोडक्सन को

प्रस्तुती रहेको यस भिडियोलाई नेपली फिल्म क्षेत्रमा राम्रा चलचित्रहरु धौली, पञ्चेबाजा जस्ता चलचित्र निर्देशन गरिसकेका निर्देशक घनश्याम लामिछानेको निर्देशनमा तयार भएको यस भिडियोमा जानकी थापा र शिव बाग्लेको अभिनय रहेको छ । यस भिडियोलाई सागर राज आर्चायको छायाँकन रहेको  भने जीबन थापाको सम्पादन रहेको छ ।