मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

शक्तिको दुरुपयोग गरी कांग्रेसलाई निषेध गरिएकोप्रति वरिष्ठ नेता पौडेलको आपत्ति

शक्तिको दुरुपयोग गरी कांग्रेसलाई निषेध गरिएकोप्रति वरिष्ठ नेता पौडेलको आपत्ति


तनहुँ । तनहुँको दमौलीमा प्रहरी र काङ्ग्रेस कार्यकर्ताबीच बुधबार अपराह्न झडप भएको छ । व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दी खोला पुल आसपास मध्याह्न १२ बजेदेखि निषेधाज्ञा जारी रहेका बेला काङ्ग्रेस कार्यकर्ताको टोली निषेधाज्ञा तोड्दै अगाडि बढ्न खोजेपछि झडप भएको हो ।

बुल्दी खोलामा निर्माण सम्पन्न भएको पुलको उद्घाटनका लागि काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेलगायत काङ्ग्रेस कार्यकर्ताको टोली अगाडि बढेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको थियो । झडपका क्रममा प्रहरीले केही सेल अश्रुग्याससमेत प्रहार गरेको थियो । प्रहरीले काङ्ग्रेस वरिष्ठ नेता पौडेललाई निषेधाज्ञा तोडेका आरोपमा अपरान्ह २ बजेदेखि ५ः३० सम्म प्रहरी कार्यालयभित्र राखेर बेलुकी मुक्त गरेको हो ।   

पूर्वाधार निर्माण कार्यालयमार्फत सम्पन्न भएको पुलको उपभोक्ता समितिले उद्घाटनको कार्यक्रम राखेपछि त्यसको विरोध गर्दै नेकपा समर्थित राष्ट्रिय युवा संघले विरोधको कार्यक्रम गरेको थियो । लगत्तै झडप हुन सक्ने स्थितिलाई ध्यानमा राखी  जिल्ला प्रशासन कार्यालयले उक्त क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो ।

तनहुँको व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दीखोलामा निर्माण भएको पक्की पुल उद्घाटन गर्न जाने क्रममा निषेधाज्ञा तोडेका आरोपमा नेता पौडेललाई नियन्त्रणमा लिएको हो । 

प्रहरीले वरिष्ठ नेता पौडेल, काङ्ग्रेस जिल्ला कार्यवाहक सभापति जीतप्रकाश आलेसहित १२ जनालाई नियन्त्रणमा लिएको थियो । त्यसपछि काङ्ग्रेस पार्टी कार्यालयमा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले पुल उद्घाटन कार्यक्रममा सहभागी हुन जाने क्रममा नियन्त्रणमा लिइएकामा आपत्ति जनाए ।  

“तनहुँमा भएको घटनाप्रति देशभर निन्दा भइरहेको छ”, उनले भने, “उक्त घटनाको जति विरोध गरे पनि कम हुन्छ ।” प्रहरी शक्तिको दुरुपयोग गरी काङ्ग्रेसलाई निषेध गर्न खोजिएको भनी उनले आपत्ति जनाए ।  

थप कार्यक्रम सार्वजनिक गरिने

जिल्ला काङ्ग्रेस तनहुँले शुधबारको घटनाको विरोध गर्दै बिहीबार बिहान ११ बजे बैठक बसेर थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाएको छ । काङ्ग्रेस जिल्ला कार्यवाहक सभापति आलेले घटनाको निन्दा गर्दै आन्दोलन सुरु गरिने घोषणा गरेका छन् ।  

बुधबकार अपराह्न प्रहरीसँग भएको झडपमा संविधानसभाका तत्कालीन सदस्य रामचन्द्र पौडेल, जिल्ला सचिव लक्ष्मी आचार्य, नेपाल ट्रेड युनियन काङ्ग्रेसका अध्यक्ष सूर्यचन्द्र हड्खले, नेपाल महिला सङ्घका सभापति पवित्रा पौडेल र  महासमिति सदस्य रामचन्द्र अधिकारी घाइते भएको काङ्ग्रेसले जनाएको छ । 

पूर्वाधार विकास कार्यालयमार्फत सम्पन्न भएको पुलको उपभोक्ता समितिले उद्घाटनको कार्यक्रम राखेपछि कार्यालयले पत्र काटेर कार्यक्रम स्थगन गर्न आग्रह गरेको थियो । उपभोक्ता समितिले वरिष्ठ नेता पौडेललाई प्रमुख अतिथि बनाएपछि नेकपा निकट युवा संघले सोही पुलमा बुधबार बिहान विरोधसभा आयोजना गरेको थियो । 

दुवै पक्षबीच झडप हुन सक्ने सम्भावनालाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालयले मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म सो क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो । वरिष्ठ नेता पौडेल काङ्ग्रेस कार्यकर्तासहित पुल भएको स्थानमा जान खोजेपछि प्रहरीले रोकेको थियो । सोही क्रममा प्रहरी र काङ्ग्रेस कार्यकर्ताबीच झडप भएको थियो ।