मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जीप दुर्घटना हुँदा पाँचको मृत्यु, चार घाइते

जीप दुर्घटना हुँदा पाँचको मृत्यु, चार घाइते


बैतडी । जिल्लाको दशरथचन्द नपा–१० बुड्डामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा शुरनयाँ गाउँपालिका–४ का ७५ वर्षीया कलावती चन्द, पाटन नगरपालिका–५ का ७७ वर्षीय भगीरत पाण्डेय, दशरथचन्द नगरपालिका–५ का ७२ वर्षीया पार्वती चन्द, पाटन नपा–५ ७० वर्षीया पार्वतीदेवी चन्द र दशरथचन्द नपा–२ का ५८ वर्षीय कृष्णलाल लावडको मृत्यु भएको हो ।

दुर्घटनामा परी अन्य चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । 

उनका अनुसार भारतसँग सीमा जोडिएको झुलाघाटबाट सदरमुकाम गोठलापानी आउँदै गरेको ना १ ज २१९६ नम्बरको जीप दशरथचन्द नपा–१० बुड्डामा आज दुर्घटनामा परेको हो । दुर्घटनाग्रस्त जीप सडकबाट २०० मिटर तल खसेको थियो । 

दुर्घटनामा जीपका चालक गोपालसिंह कार्की गम्भीर घाइते भएका छन् । उनको धनगढीमा उपचार भैरहेको छ । अन्य घाइतेको जिल्ला अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका उनीहरु पेन्सन बुझेर घर फर्कने क्रममा थिए । रासस