मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सोमबार थपिए १९८० संक्रमित, निको हुनेको संख्या दुई लाख नाघ्यो

सोमबार थपिए १९८० संक्रमित, निको हुनेको संख्या दुई लाख नाघ्यो

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपालमा सोमबार १९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या २ लाख २२ हजार २ सय ८८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार सोमबार थप १६ सहित १३३७ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घन्टामा थप ३०४३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या २ लाख २ हजार ६७ पुगेको छ । जुन कुल संक्रमितको ९०.९० प्रतिशत हो । 

काठमाडौँ उपत्यकामा थप १००७ जना संक्रमित थपिएका छन् । काठमाडौँका ७७९, ललितपुरका १४३ र भक्तपुरका ८५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।    

हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या १ लाख ३ हजार ८३० पुगेको छ । जसमा काठमाडौँमा कुल ८३ हजार ८२२, ललितपुरमा १२ हजार ५११ र भक्तपुरमा ७ हजार ४९७ जना रहेका छन् ।   

मोरङ, सिरहा, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी सक्रिय सङ्क्रमित रहेका छन् । ७७ जिल्लामध्ये कोभिड–१९ शून्य भएको जिल्ला मनाङ मात्र रहेको छ । 

स्वास्थ्य मन्त्रालयको विवरणअनुसार पछिल्लो २४ घन्टामा देशभरका प्रयोगशालामा थप १० हजार ३८१ जनासहित हालसम्म १६ लाख ७० हजार ४५६ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ । हाल देशभरका क्वारेन्टाइनमा ६२९ जना र आइसोलेसनमा १८ हजार ८८४ जना रहेका छन् ।