मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

कोभिड–१९ विरुद्धको खोपको अनुमतिका लागि फाइजरद्वारा आवेदन

कोभिड–१९ विरुद्धको खोपको अनुमतिका लागि फाइजरद्वारा आवेदन


 

वासिङ्टन । अमेरिकी औषधि कम्पनी फाइजर र उसको जर्मनी सहयात्री वायोएनटेकले कोभिड–१९ विरुद्ध बनाएको खोप प्रयोगका लागि अनुमति माग्दै अमेरिकामा स्थानीय समयअनुसार शुक्रबार आवेदन दिएका छन् । 

उक्त खोप प्रयोग गर्न सुरक्षित छ कि छैन भन्ने निर्णय अमेरिकाको खाद्य तथा औषधि प्रशासन ९एफडिए० ले गर्नेछ । एफडिएबाट अनुमति प्राप्त गरेमा औषधिको प्रयोगका लागि सुरक्षित मानिने छ ।

उक्त खोपको परीक्षणसम्बन्धी तथ्याङ्क अध्ययनका लागि एफडीएले कति समय लगाउँछ भन्ने स्पष्ट छैन । यद्यपि अमेरिकी सरकारले डिसेम्बर महिनाको मध्यसम्ममा खोपलाई स्वीकृति दिने अपेक्षा गरिएको छ ।

अन्तिम चरणका परीक्षणका तथ्याङ्कले ६५ वर्ष उमेरमाथिका मानिसलाई खोपले ९४ प्रतिशत जोगाउने देखाएको छ । यूकेले उक्त खोपको चार करोड मात्रा मगाइसकेको छ । जुन महिनायता पहिलोपटक त्यहाँ एकै दिनमा दुई हजारभन्दा बढीको मृत्यु भएको थियो ।

यदि एफडीएले डिसेम्बरको आधासम्ममा स्वीकृति दियो भने फाइजर र बायोएनटेक “केही घण्टाभित्रै खोप वितरण गर्न तयार“ भएको उनीहरूले बताएका छन् ।

विश्वव्यापी महामारी बनेर फैलिएको यो कोरोनाभाइरसको आनुवांशिक संरचना थाहा भएको १० महिनामै खोप विकासको यो कामलाई ठूलो उपलब्धि मानिएको छ ।

फाइजरका प्रमुख कार्यकारी अधिकृत अल्बर्ट बुर्लाले आकस्मिक प्रयोगका लागि दिइएको आवेदन ‘विश्वलाई कोभिड–१९ को खोप दिने यात्रामा यो एउटा कोसेढुङ्गा’ भएको टिप्पणी गरे ।

सुरुमा खोपको मात्रा अपर्याप्त हुने हुँदा सेन्टर्स फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्सन९सिडिसिपी० ले कसलाई पहिला दिने भन्ने निधो गर्नेछ । रासस/एएफपी