मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

शनिबार १६७४ जनामा कोरोना संक्रमण, २३२३ जना डिस्चार्ज

शनिबार १६७४ जनामा कोरोना संक्रमण, २३२३ जना डिस्चार्ज

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपालमा शनिबार १६७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या २ लाख १८ हजार ६३९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार शनिबार थप ७ सहित १३०५ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घन्टामा थप २३२३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या १ लाख ९३ हजार ३२५ पुगेको छ । जुन कुल संक्रमितको ८८.४२ प्रतिशत हो । 

काठमाडौँ उपत्यकामा थप ८९९ जना संक्रमित थपिएका छन् । काठमाडौँका ६८५, ललितपुरका १६५ र भक्तपुरका ४९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।    

हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या १ लाख १ हजार ८६६ पुगेको छ । जसमा काठमाडौँमा कुल ८२ हजार २७०, ललितपुरमा १२ हजार २३७ र भक्तपुरमा ७ हजार ३५९ जना रहेका छन् ।   

मोरङ, सिरहा, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी सक्रिय सङ्क्रमित रहेका छन् । ७७ जिल्लामध्ये कोभिड–१९ शून्य भएको जिल्ला मनाङ मात्र रहेको छ । 

स्वास्थ्य मन्त्रालयको विवरणअनुसार पछिल्लो २४ घन्टामा देशभरका प्रयोगशालामा थप ८ हजार १४४ जनासहित हालसम्म १६ लाख ५२ हजार ४३ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ । हाल देशभरका क्वारेन्टाइनमा ७५७ जना र आइसोलेसनमा २४ हजार ९ जना रहेका छन् ।

देशभर १७ हजार २०६ जना होम आइसोलेसनमा रहेका छन् संस्थागत आइसोलेसनमा रहेकामध्ये देशभर ४७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ भने ३३६ जनाको आइसियूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।