मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

५४ वर्षसम्म प्रधानमन्त्री भएका खलिफाको निधन

५४ वर्षसम्म प्रधानमन्त्री भएका खलिफाको निधन


दुबइ । विश्वमै सबैभन्दा लामो समय प्रधानमन्त्री भएका बहराइनका प्रधानमन्त्री खलिफा बिन सल्मान अल खालिफाको निधन भएको छ । देशका राजकुमारसमेत रहेका उनको ८४ वर्षको उमेरमा बुधबार निधन भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । 

अमेरिकास्थित मायो क्लिनिकमा केही समयदेखि उपचार गराइरहेका उनको उपचारकै क्रममा निधन भएको हो । सानो अरबी मुलुक बहराइनका शक्तिशाली र अत्यन्त धनी व्यक्तिका रुपमा चिनिएका खलिफाको निजी टापु नै भएको र विदेशीहरुलाई उनले त्यही भेट्ने गर्थे ।   

बहराइनका राजा शेख हमाद बिन इसा अल खलिफाले उनको शोकमा एक हप्ते राष्ट्रिय शोक घोषणा गरेका छन् । शोक अवधिमा राष्ट्रिय झण्डा आधा झुकाइने अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रधानमन्त्री खलिफा विश्वकै सबैभन्दा लामो कार्यकाल प्रधानमन्त्री भएका व्यक्तिका रुपमा चिनिन्छन् । उनी सन् १९७० को आसपासदेखि अहिलेसम्म प्रधानमन्त्री थिए । 

सन् २०११ मा भ्रष्टाचारको आरोप लगाउँदै भएको आन्दोलनबाट हटाउने प्रयास हुँदा पनि उनी पदमै रहन सफल भएका थिए । एपी