मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कोरोना संक्रमणबाट थप १४ सहित ८७६ जनाको मृत्यु

कोरोना संक्रमणबाट थप १४ सहित ८७६ जनाको मृत्यु


काठमाडौँ । नेपालमा मंगलबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर मृत्यु हुनेको संख्या ८७६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार मंगलबार जम्मा २७१५ जनाको पिसिआर परीक्षण गरिएकोमा ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमित हसनेको संख्या एक लाख ६० हजार ४०० पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ३१६८ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या १ लाख १८ हजार ८४३ पुगेको छ।

हाल क्वारेन्टाइनमा २ हजार ९३२ र आइसोलेसनमा ४० हजार ६८१ जना रहेका छन् । हालसम्म १४ लाख ६९४ जनाको पिसिआर परीक्षण गरिएको छ ।