मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

विश्वमा कोभिड-१९ सङक्रमितको संख्या चार करोड २५ लाख नाघ्यो

विश्वमा कोभिड-१९ सङक्रमितको संख्या चार करोड २५ लाख नाघ्यो


वासिङ्टन । विश्वमा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमितको संख्या चार करोड २५ लाख नाघेको जोन्स हप्किन्स विश्व विद्यालयले दिएको पछिल्लो अपडेटमा जनाएको छ । 

उक्त विश्वविद्यालयका अनुसार विश्वभर चार करोड २५ लाख जना कोभिड-१९ सङ्क्रमित भएका छन् । यस सङ्क्रमणको कारण विश्वभर ११ लाख ४९ हजार ३८३ व्यक्तिको मृत्यु भएको पनि सो विद्यालयले जानकारी दिएको छ ।

यसैबीच, विश्वभर रहेका कुल सङ्क्रमितमध्ये तीन करोड १४ लाख ३० हजार २८८ व्यक्ति कोरोना भाइरस मुक्त भएका बताइएको छ । कोरोना भाइरसको कारण सबैभन्दा बढी प्रभावित देश संयुक्त राज्य अमेरिकामा ८७ लाख ४७ हजार व्यक्ति सङ्क्रमित रहेका छन् । 

कोरोना सङ्क्रमणबाट सबैभन्दा धेरै नागरिकको मृत्यु हुने देशमा पनि अमेरिका पर्दछ । उक्त विश्वविद्यालयका अनुसार कोरोना सङ्क्रमणबाट अमेरिकामा दुई लाख २९ हजार २८४ जनाको मृत्यु भएको छ । उक्त विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा पछिल्ला दिनहरुमा पनि ठूलो संख्याका सङ्क्रमितहरु थपिने गरेका छन् । 

कोरोना  भाइरस सङ्क्रमणबाट भारत र ब्राजिल दोस्रो र तेस्रो स्थानमा परेको छ । भारतमा ७ लाख ८० हजार ६४४ बढी कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने ब्राजिलमा ५५ लाख ६५० हजार व्यक्ति कोरोना सङ्क्रमित रहेका विश्वविद्यालयले जनाएको छ । रुस चौथो स्थानमा रहेको यहाँ १४ लाख ८० हजार ६४६ जना सङ्क्रमित रहेका छन् ।

विश्वको तुलनामा सङ्क्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ । भारतमा ७० लाख १६ हजार ४६ व्यक्तिलाई कोरोना भाइरस निको भएको छ । विश्व स्वास्थ्य संगठनले गत मार्च ११ कोभिड-१९ लाई  ‘विश्व महामारी’को घोषणा गरेको थियो । एएनआई