मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अमेरिकाले नेपाललाई दिने सहयोगलाई निरन्तरता दिने

अमेरिकाले नेपाललाई दिने सहयोगलाई निरन्तरता दिने


काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच बुधबार भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय आर्थिक सहयोग, कोभिड–१९ महामारीको नियन्त्रण र सोपछिको आर्थिक पुनरुत्थानमा हुने सहयोगलगायत विषयमा छलफल भएको छ ।  

अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री पौडेलले नेपाल अमेरिकाबीचको सम्बन्ध धेरै पुरानो भएको स्मरण गर्दै अमेरिकाले नेपालको विकासमा निरन्तर गर्दै आएको सहयोगका लागि धन्यवाद दिए ।  

राजदूत बेरीले अमेरिकाबाट प्राप्त हुने सहायता कोरोना भाइरस नियन्त्रणमा केन्द्रित गरेकामा नेपाललाई धन्यवाद दिँदै अमेरिकाले आगामी दिनमा नेपाललाई दिने सहयोगलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरेको मन्त्रालयले जनाएको छ । रासस