मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा थप ३०९३ जनाका कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या ४१ हजार ७५५ पुग्यो

नेपालमा थप ३०९३ जनाका कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या ४१ हजार ७५५ पुग्यो


काठमाडौँ । नेपालमा मंगलबार ३०९३ जनामा कोरोनाभाइरस पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या ४१ हजार ७५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।   

उनका अनुसार नेपालमा कुल संक्रमितको संख्या एक लाख ३९ हजार १२९ पुगेको छ । पछिल्लो २४ घन्टामा ८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७६५ पुगेको छ ।  

एकैदिन कोरोना संक्रमण निको भई २१०८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ९६ हजार ६०९ पुगेको छ । जुन कुल संक्रमितको ६९.४४ प्रतिशत हो ।    

काठमाडौँ उपत्यकामा थप १७०२ जना संक्रमित थपिएका छन् । काठमाडौँका १४३१, ललितपुरका १२३ र भक्तपुरका १४८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।    

हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या ५९ हजार ४७७ पुगेको छ । जसमा काठमाडौँमा कुल ४८ हजार १७३, ललितपुरमा ६ हजार ६१६ र भक्तपुरमा ४ हजार ६८९ जना रहेका छन् ।   

मोरङ, सिरहा, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी सक्रिय सङ्क्रमित रहेका छन् । कोभिड–१९ शून्य भएका जिल्लामा मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् ।

प्रवक्ता डा गौतमका अनुसार देशभरका प्रयोगशालामा थप १५ हजार ७१४ जनासहित हालसम्म १३ लाख १४ हजार ७७९ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ४ हजार २२० जना क्वारेन्टाइनमा र ४१ हजार ७५५ जना आइसोलेसनमा रहेका छन् ।   

सक्रिय संक्रमितमध्ये २८ हजार १९६ जना होम आइसोलेसनमा र १३ हजार ५५९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । मन्त्रालयका अनुसार देशभर २७३ जना कोरोना सङ्क्रमित विभिन्न अस्पतालको सघन उपचार कक्षमा र ७८ जना भेन्टिलेटरमा उपचाररत छन् ।