मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारतमा कोभिड १९ सङ्क्रमितको संख्या ७५ लाख नाघ्यो

भारतमा कोभिड १९ सङ्क्रमितको संख्या ७५ लाख नाघ्यो


नयाँ दिल्ली । भारतमा आइतबार कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमितको संख्या ७५ लाख ३१ हजार ८२५ नाघेको छ ।  

आइतबार रातिसम्म प्राप्त समाचारअनुसार भारतमा कोरोना सङ्क्रमित संख्या ७५ लाख ३१ हजार नाघिसकेको छ ।  यस सङ्क्रमणबाट ज्यान गुमाउने व्यक्तिको संख्या १ लाख १४ हजार ४३५ जना पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ  । 

भारतमा गत २४ घन्टामा ६१ हजार ८७१ जनामा थप सङ्क्रमण देखिएको र कोरोना सङ्क्रमणको कारण १ हजार ३३ जनाको मृत्यु यहाँको परिवार तथा स्वास्थ्य मन्त्रालयलले जानकारी दिएको छ ।  

अझै पनि भारतभर ७ लाख ८१ हजार ४८ व्यक्ति संक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाको सङ्क्रमण देखा परेयता हालसम्म ६६ लाख ३६ हजार ३४२ जना सङ्क्रमित व्यक्तिहरु कोरोना भाइरस मुक्त भएका छन् । सङ्क्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ । 

भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या अहिले आठ लाखभन्दा कम भएको छ । यसअघि नौ, दश लाख सङ्क्रमितहरु रहने गरेकोमा अहिले घटेर आठ लाखभन्दा कम भएको अधिकारीहरुले जनाएका छन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो ४५ दिनयता सङ्क्रमित अवस्थामै रहेकाहरुको यो सङ्ख्या अहिलेसम्मकै कम हो । कोरोनाको सङ्क्रमण देखा परेयता भारतमा शनिबारसम्म ९ करोड ४२ लाख २४ हजार १९० व्यक्तिलाई कोरोना भाइरस भएको या नभएको परीक्षण गरिएको भारतीय मेडिकल रिसर्च काउन्सिल (आइसिएमआर) ले जानकारी दिएको छ । 

जोन्स हकिन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार कोरोना भाइरसको सङ्क्रमणको कारण विश्वभरि हालसम्म ११ लाख १६ हजार ५३९ बढीको मृत्यु भएको छ  ।   

विश्वमा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमितको संख्या चार करोड एक लाख नाघेको छ । कोरोनाको तथ्यांक अद्यावधि गर्दै आएको संस्था वल्र्डोमिटर र अन्य संस्थाका अनुसार अनुसार विश्वभर चार करोड एक लाख २५ हजार ६६६ जना कोभिड १९ सङ्क्रमित भएका छन् ।  

यस सङ्क्रमणको कारण विश्वभर ११ लाख १६ हजार ५४० व्यक्तिको मृत्यु भएको छ । सिन्ह्वा